सुन्दर डाँडामा डनको दोहन : क्रसर र खानी भएका जिल्लामा सिडिओ र एसपीको सरुवा डनले गराउँछन्

तस्बिर : नयाँ पत्रिका

१. सत्तारुढ दलको पहलमा नुवाकोट पुगेका एसपी सरुवा

गत वर्ष नुवाकोटका क्रसर व्यवसायीहरू गृह मन्त्रालय धाइरहेका थिए । आफूअनुकूलका एसपीलाई लैजान उनीहरूले सत्तारुढ नेकपा नेताहरूलाई भेटिरहेका थिए । आफूहरूको खानी र क्रसरलाई सहयोग गर्ने एसपी उनीहरू नुवाकोट लैजान चाहन्थे । उनीहरूकै रोजाइअनुसार प्रहरी प्रधान कार्यालयले एसपी कृष्णबहादुर पल्लीमगरलाई पठायो । पल्लीमगर पुगेपछि खानी र क्रसरको व्यवसाय चम्कियो, नदीको दोहन अनियन्त्रित भएको भन्दै स्थानीयको विरोध पनि चुलियो । नदीको दोहनमा प्रहरी नेतृत्वको मिलेमतोको खुलस्त भएपछि ६ महिनाभित्रै पल्लीमगरलाई झिकाउन प्रहरी प्रधान कार्यालय बाध्य भयो । 

प्रकाशित मिति: : 2020-01-15 19:06:57

प्रतिकृया दिनुहोस्