१. पृथ्वीनारायण शाह र नेपाल
यस वर्ष पनि राज्यले औपचारिक रूपमा राष्ट्रिय एकता दिवस मनाएन । बितेका वर्षहरूमा जस्तै पुष २७ गते पर्ने उनको जन्मजयन्तीका दिन राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको सम्झना गर्ने र उनीप्रति कृतज्ञता ज्ञापन गर्ने जिम्मा यस वर्ष पनि नेपाली सेनाले लिएको देखियो।
बडामहाराजा पृथ्वीनारायणलाई एक आक्रमणकारी युद्ध सरदारका रूपमा चित्रित गर्दै उनले निर्माण गरेको राष्ट्रिय एकीकरणको गौरवमय इतिहासको अपव्याख्या गरिरहेकाहरूको जगजगी भएको आजको नेपालमा तिनीहरूको कुत्साहपूर्ण मनसायलाई नै बल पुग्ने किसिमले उनलाई सेनाको मात्र महानायक बनाइनु र सेनाका जवानहरूको एकलौटी श्रद्धाको प्रतिमूर्तिका रूपमा चित्रित गरिनु सरासर गलत हो । सम्पूर्ण राष्ट्रको एकताका सूत्रधार तथा अन्यतम् प्रतीक पृथ्वीनारायण शाहको महत्वको यस प्रकारको न्यूनीकरण ठूलो खेद र शर्मको विषय हो।
सानो गोरखा राज्यका शाह राजा पृथ्वीनारायणले एउटा मजबूत राष्ट्रका रूपमा नेपालको अभ्युत्थानमा दिएको महान् योगदानलाई विस्मृतितर्फ धकेल्ने निर्णय नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको गणतान्त्रिक नेपालको पहिलो सरकारले विक्रमीय २०६० को दशकको तेस्रो वर्ष गरेको थियो। वसन्त क्रान्तिपछि बनेको त्यो सरकार बहुदलीय वा खिचडी जस्तो थियो तर प्रधानमन्त्री गिरिजाप्रसाद र गृहमन्त्री कृष्णप्रसाद सिटौला नेपाली कांग्रेसबाट भएको हुादा पृथ्वीनारायण शाहको अपमान गर्ने त्यो विवादास्पद निर्णयको मुख्य जिम्मेवारी कांग्रेसले नै लिनु पर्दछ। खेदको कुरा त के पनि छ भने २०६३ देखि यस सालसम्म अरू ३ पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकारहरू बने र तिनले कतिपय महत्वपूर्ण निर्णयहरू पनि गरे तर राष्ट्रनिर्मातामाथि गरिएको अन्यायको अन्त्य गरी उनको महात्म्यलाई पुनर्स्थापित गर्ने काम कसैले पनि गरेनन्।
प्रजातान्त्रिक आन्दोलनको इतिहासबाट उभारमा आएको पार्टी नेपाली कांग्रेसबाट समेत ऐतिहासिक व्यक्तित्वहरूको योगदानको उचित कदर र युगान्तकारी उपलब्धिको सम्मान हुँदैन भने देश र जनताका लागि एउटासम्म पनि कुनै उल्लेख्य काम गरेको इतिहास नभएका भुइाफुट्टाहरूबाट राष्ट्रिय विभूतिहरूप्रति सम्मान प्रकट भएन भन्ने कुराको
चिन्ता र चर्चाको त के कुरो भयो र?
पृथ्वीनारायण शाहको अवमूल्यन हुने गरी गरिएको सरकारी निर्णयबाट आम नेपाली जनता भने क्षुब्ध छ। यस कालखण्डमा देशको शासन प्रशासनमा हालिमुहाली गरिरहेका नेतागणले यो मामिलालाई लिएर प्रदर्शन गरेको बैगुनी चरित्रलाई देखेर नेपाली जनताको बहुमत आक्रोशित छ। पृथ्वी नेपाल राष्ट्रका निर्माता भएकाले उनलाई त्यो प्रतिष्ठित स्थानबाट कसैले पनि ओराल्न सक्दैन भन्ने कुरामा अधिकांश नेपालीहरू दृढ छन्। राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती नमनाउने निर्णय भएका वर्षदेखि नै नेपाली जनता ती राष्ट्रिय पर्वहरूको औपचारिक रूपमा नै पुनर्स्थापना हुनु पर्दछ भन्ने माग लगातार गरिरहेका छन्। खेदको कुरो जनताको यो माग, २०६३ साल यताका कुनै पनि सरकारले पूरा गरेका छैनन्। केपी ओली नेतृत्वको वर्तमान नेकपाको सरकारले पनि त्यस मागको बेवास्ता नै गरेको छ।
पृथ्वीनारायण शाहको ऐतिहासिक योगदानको अवमूल्यन गर्ने षड्यन्त्र नेपाली जमिनबाट मात्र भएको भने होइन। पृथ्वीनारायणलाई निर्मम आक्रमणकारी युद्धसरदारका रूपमा चित्रण गर्ने र २५० वर्षभन्दा पहिले घटित कतिपय अप्रिय घटनाहरूको सन्दर्भ उठाई देशमा अहिले बन्दै गएको राष्ट्रिय एकताको परिवेशलाई धमिलो पारिदिने देशी विदेशी अन्तध्र्वंशीहरूको हात छ यसमा।
अतिपढाकु पीएचडी डिग्रीधारी महापण्डित बाबुराम भट्टराईलाई भने पन्थको बारीको उखुको लाक्रो चोरेर खाने पृथ्वीनारायणको महिमा गाएको फिट्टिकै मन परेको रहेनछ । उनले त्यो उखुचोरलाई किन मान दिने भनी प्रश्न उठाएका छन् ।
नेपालको इतिहासका गौरवपूर्ण पन्नाहरूलाई सके च्यातेर फ्याकिदिने, नसक्दा केरमेट गरी त्यसको विकृत स्वरूप युवा पुस्ताका माझ राखिदिने क्रमबद्ध प्रयत्न भइरहेको छ २०४८ सालदेखि नै यहाँ। त्यस्तो राष्ट्रघाती अभियानमा नेकपा माओवादी पार्टी समग्र नै पूरै दिलोज्यानले लागेको थियो त्यसले चलाएको तथाकथित जनयुद्धताका। यथार्थ यो पनि हो, त्यो विध्वंशकारी समूह त्यस्ता विखण्डनकारी नीति र गतिविधिबाट अहिले पनि टाढा भएको छैन।
जनयुद्धका नाममा त्यो आतंककारी समूहले नेपाली समाजका ती सबै भौतिक र भावनात्मक सम्पदाहरूलाई नष्ट गर्ने चेष्टा गरेको थियो जसको निर्माण गर्नमा नेपालीहरूले पुस्तौा खपाएका थिए। नेपाली समाजलाई एकताका दुई मुख्य आधार नेपाली राष्ट्रियता र नेपाली भाषामाथि भइरहेको लगातार आक्रमणको जरो खोज्दै जाने हो भने पृथ्वीनारायण शाह र भानुभक्त आचार्यलाई सत्तोसराप गर्नेहरूसम्म पुगिन्छ।
पृथ्वीनारायण शाहको विरोध गर्नेहरूले अचम्भ अचम्भका कुरा उठाएका छन्। कतिजनाले त किम्वदन्तिमा आधारित तर काटिएको भनी पुष्टि हुन नसकेको कीर्तिपुरेहरूको नाकको टुप्पोको कुरो निकालेर पृथ्वीलाई अत्याचारी भन्दैछन्। कसैका लागि गोरखाका पाखे राजाले नेपाल मण्डलका सभ्य र भव्य मल्ल राजाहरूलाई २५१ वर्ष पहिले हराएको कुराले अहिले विचलित बनाइरहेको छ। अतिपढाकु पीएचडी डिग्रीधारी महापण्डित बाबुराम भट्टराईलाई भने पन्थको बारीको उखुको लाक्रो चोरेर खाने पृथ्वीनारायणको महिमा गाएको फिट्टिकै मन परेको रहेनछ। उनले त्यो उखुचोरलाई किन मान दिने भनी प्रश्न उठाएका छन्।
पृथ्वीलाई गाली गर्नेहरूको पंक्तिमा केही कविहरू पनि सामेल भएका छन्। ती बिचरा कविहरू आफ्ना भााती त्यति सार्है नमिलेका कविताहरूमा पृथ्वीले रचेको त्यो आफूलाई मन नपर्ने इतिहास नपढ्ने, पृथ्वीलाई राजा नमान्ने आदि नानाथरी कुराहरू गर्दैछन्। बिचराहरूको दुर्भाग्य, इतिहासको मनमाफिक पुनर्लेखन गर्न सकिदैन। अपव्याख्या गर्ने प्रयत्न भने गर्न सकिन्छ।
२. शिवमाया तुम्बाहाङ्फेको अडान
प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सत्ताशीन नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको आदेशको अवज्ञा गर्दै आफ्नो पदबाट राजिनामा नगर्ने अडान लिएपछि कृष्णबहादुर महरा बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलान भई रिक्त रहेको सभामुख पदपूर्तिको मामिलामा गतिरोध उत्पन्न भएको छ।
पार्टी अध्यक्षहरूले शिवमायालाई राजिनामा गराउाने र त्यसबाट रिक्त हुने उपसभामुखको पद प्रतिपक्षलाई दिएर सभामुखको पदमा आफ्नै पार्टीको अर्को कुनै व्यक्ति, सम्भवत: अग्निप्रसाद सापकोटालाई ल्याउँने सोच बनाएका थिए। सदनका प्रमुख र उपप्रमुख दुबै पदमा एउटै पार्टीका र एउटै लिङ्गका व्यक्तिहरू हुनु नहुने सम्वैधानिक व्यवस्थाले गर्दा नेकपाको नेतृत्व सभामुखको पद आफैंसँग राख्न शिवमायाको वलि चढाउँने निर्णयमा पुगेको थियो।
नेकपा अध्यक्षद्वयलाई यसपटक शिवमाया नामक जण्ड लिम्बुनीले जोडको धक्का बिस्तारै दिएकी छिन्। उनले आफू सभामुखको पदमा मनोनित हुन सर्वथा योग्य भएकोले आफूलाई त्यस पदका लागि उमेदवार बनाउाने कुराको प्रत्याभूति नभएसम्म उपसभामुखको पदबाट राजिनामा नदिने जनाउ दिएकी छिन्। पछिल्लो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर अध्यक्षहरू दुबैले संयुक्त रूपमा सम्झाउादा पनि शिवमाया टसको मस पनि भइनन्। उल्टै उनले ओली र प्रचण्डलाई ‘आफूलाई सभामुख बनाउँन के ले रोक्ने हो? त्यो कुराको खुलासा गरेर कन्भिन्स् गर्ने’ चुनौती दिएकी छिन्।
अब पीएचडी उपाधिधारी र स्वच्छ छविकी कमरेड शिवमायालाई अण्डर एस्एल्सी ओनसरी घर्ती मगरले चलाइसकेको सभामुखको पदका लागि अयोग्य भनेर पनि कसरी भन्नू अध्यक्ष कमरेडहरू धर्मसंकटमा परेको स्थिति छ।
नेकपा अध्यक्षद्वयलाई यसपटक शिवमाया नामक जण्ड लिम्बुनीले जोडको धक्का बिस्तारै दिएकी छिन् । उनले आफू सभामुखको पदमा मनोनित हुन सर्वथा योग्य भएकोले आफूलाई त्यस पदका लागि उमेदवार बनाउाने कुराको प्रत्याभूति नभएसम्म उपसभामुखको पदबाट राजिनामा नदिने जनाउ दिएकी छिन् ।
शिवमाया प्रकरणले सत्ताशीन नेकपामा रहेको पूर्व एमाले र पूर्व माओवादी केन्द्रका बीचको लाभका पदहरू सकभर बढी हत्याउाने तानातानीको कुरूप पक्ष सतहमा आएको छ। पूर्व एमाले पक्ष सभामुखका रूपमा शिवमायालाई स्वीकार गर्न तयार हुनसक्छ तर पूर्व माओवादी केन्द्रका नेता तथा अहिलेको संयुक्त पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यस अघि आफ्नो गुटका कृष्णबहादुर महराले ओगटेको पद छोड्न कुनै हालतमा पनि तयार देखिदैनन्। यस घटनाले कसरी निकास पाउँछ त्यो केही दिनमा प्रष्ट हुनेछ।
यो प्रकरणले नेकपाको एकताको मूल आधार देशमा दरिलो कम्युनिस्ट पार्टी बनाउने कुराले अभिप्रेरित भएको नभएर लाभका पदहरूमा झुत्ती खेल्नका लागि भएको रहेछ भन्ने कुराको भने राम्रैसँग खुलासा गरेको छ। नेकपा पार्टी परिवृत्तभन्दा बाहिरका जनता भने शिवमाया तुम्बाहाङ्फेका पक्षमा गोलबद्ध भएका छन्। जनताले यसलाई एउटा महिलालाई उसले पाउनुपर्ने पदबाट जवर्जस्ती वञ्चित गर्न खोजिएको रूपमा हेरेका छन्। धेरैका लागि यो प्रकरण नेकपाको बेकम्मा सरकार र खासगरी त्यसका नेता केपी ओलीको नालायकीमाथि रोष व्यक्त गर्ने अवसरको रूपमा पनि आएको छ।
प्रधानमन्त्री ओलीले पार्टीमा भएका महिला नेतृहरूमध्ये एक जना विशेष पात्र विद्या भण्डारीप्रति जुन अतिरिक्त अनुग्रह देखाउँदै आएका छन् त्यसबाट रिसाएका पूर्व एमाले महिला कार्यकर्ताले पनि शिवमायाको समर्थन गरेका छन् ।