हलो अड्काइन् 'शिवमाया'ले, बन्धक बन्यो संसद

नेपालको संघीय संसदकी उपसभामुख भइसकिन् शिवमाया त। अवसर नपाएका अरू लाखौं राममाया, विष्णुमायाको कुरा गरे हुन्न ?

नेपालको संघीय संसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फे चर्चाको शिखरमा छिन्। चर्चा उनको सभामुख बन्ने योग्यता भए/नभएको कोणबाट भैरहेको छ। धेरैलाई लागेको छ, सभामुखले राजीनामा दिएपछि उनको सभामुखमा बढुवा हुनुपर्छ। उनको पक्षमा भएका फेसबुक्याइँ हेर्दा त्यस्तै लाग्छ। 

तर, यो त्यस्तो विषय हैन। सभामुखले राजीनामा दिएपछि उपसभामुखको सभामुखमा बढुवा हुने। धेरैमा गर्न सकिने भनेको उपसभामुखले राजीनामा दिएर सभामुख बन्न चाहेमा मार्गप्रशस्त हुने हो। तर, त्यसका लागि सत्तारूढ दल तयार हुनुपर्यो। तर, अहिलेको स्थितिमा सत्तारूढ नेकपा त्यसका लागि तयार देखिदैन। 

अब यस्तो अवस्थामा उनी राजीनामा नदिई उपसभामुख नै हुन सक्छिन् र सभामुखको चुनावी प्रक्रिया खअगाढि बढाउन सक्छिन्। तर, त्यसो गर्दा उनलाई सांसद र उपसभामुख बनाउने नेकपाले प्रचण्ड बहुमत हुँदा पनि संविधानत: सभामुख बनाउन सक्दैन; अर्कै दललाई दिनुपर्ने हुन्छ ।

उनको दलले त्यो चाहेको छैन। दलको हाइकमाण्ड सचिवालयको बैठकले नै उनलाई राजीनामा दिन भनिसकेको छ। यद्यपि, यो वैधानिक हैन र यो मान्न उनी बाध्य पनि छैनन्।

नेपालमा पछिल्लो समय जात, लिङ्ग, क्षेत्रका नाममा भएका अधिक आरक्षणले मेरिटोक्रसीमाथि गम्भीर क्षति भएको छ। यसले ब्रेन ड्रेनलाई तिब्र गति दिँदा नेपाल दशकौ पछि परेको छ।

उनले मानिनन् भने के हुन्छ ? उनीमाथि अविश्वासको प्रस्ताव आउँन सक्छ र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिन्छ। सत्तारूढ नेकपाले चाह्यो भने त्यो जुटाउन सक्छ। र, उनको राजनीतिक जीवनको अन्त हुन्छ।

तर, लामो राजनीतिक जीवन भएकी शिवमायाल त्यस्तो अप्रिय निर्णय नलिन सक्छिन्। यद्यपि, कहिलेकाँही राजनीतिमा विनाशकाले विपरित वुद्धि भएका घटना/परिघटना पाइएका छन्। 

अहिले उनले सत्तारूढ दलका दुबै अध्यक्ष र पार्टीलाई नै धम्काएर भन्दैछिन्, पहिला सभामुखको उम्मेद्वार तयार गर्नुहोस् अनि म राजीनामा दिन्छु।यो उनको प्राधिकार हैन, न उनको चासो र चिन्ताको विषय नै हो।  

यसो भनेर उनले भन्न खोजेको कुरा प्रष्ट छ, उनलाई उम्मेद्वार बनाए राजीनामा दिने, नभए नदिने। त्यसो पनि भएन भने सुवासचन्द्र नेम्बाङलाई उम्मेद्वार बनाए राजीनामा दिने नभए नदिने। तर, प्रचण्डले भनेजस्तै अग्नि सापकोटालाई उम्मेदवार बनायो भने सम्भवत राजीनामा नदिने।

म शिवमायाको वौद्धिकताको सम्मान गर्छु, नेपालमा ओनसरी घर्ती सभामुख हुँदा उनी अयोग्य छिन् पटक्कै भनिरहेको छैन। तर, ओनसरी अपवादलाई हेर्दा उनी सभामुख हुन संसदीय राजनीतिमा अनुभवी छिन्, त्यो चाँहि भन्न सकिन्न। महिला आन्दोलनमा पीएचडी गर्नु, अखिल र अनेमसंघको राजनीति गर्नु सभामुखका लागि योग्यता हो भन्ने पक्षमा कम्तिमा म चाँहि छैन। 

शिवमायाको शुभचिन्तक भएका नाताले अहिले नै उनले सभामुख भएर राजनीतिबाट अवकाश लिने सोच बनाउनु हुदैन । सभामुख भएपछि हुने के ? प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति ।अहिले नै शिवमायाका लागि यी पद स्वभाविक प्राप्ति नहुन सक्छन्। त्यसैले लामो राजनीतिक यात्रा गर्न बाँकि भएकै बेला पार्टीसँग झगडा गरेर राजनीतिक जीवन सकाउनु भन्दा पार्टीलाई सहज बाटो बनाइदिएर मार्गप्रशस्त गरिदिनु उपयुक्त हुन्छ। पदकै लोभ हो भने भानुभक्त ढकाललाई खप्टिदिएको कानून मन्त्रालय मागे भैहाल्यो, उनको कानूनी पृष्ठभूमि पनि छ, सही हुन्छ।

म शिवमायाको वौद्धिकताको सम्मान गर्छु, नेपालमा ओनसरी घर्ती सभामुख हुँदा उनी अयोग्य छिन् त्यो हैन। तर, ओनसरी अपवादलाई हेर्दा उनी सभामुख हुन संसदीय राजनीतिमा अनुभवी छिन्, त्यो चाँहि भन्न सकिन्न। महिला आन्दोलनमा पीएचडी गर्नु अर्कै योग्यता हो।

मलाई लाग्छ, अहिलेसम्मकै अडानले उनको राजनीतिक भविष्यमा निक्कै क्षय भैसकेको छ।उनको यो अडानका लागि उक्साउने पक्षले कसरी लिएको छ, त्यो उनीहरूले नै हिसावकिताब गर्लान्। तर, पार्टीपद्धतिमा विश्वास गर्नेहरूले उनको यो अडानलाई पार्टी अनुशासनहिनता र पदलोलुपताका रूपमा नलिएका होलान् भन्न् सकिन्न।

नेपालको संसद सभामुख नभएर लामो समयदेखि एक किसिमले बन्द छ। महत्वपूर्ण विधेयकहरू प्रमाणिकरण हुन नपाएर, छलफल हुन नपाएर अलपत्र परेका छन्। एक किसिमले भन्ने हो संसद बन्धक छ भने पनि हुन्छ। बन्धक कसले पार्यो त ? आग्रह पूर्वाग्रह नराखी भन्ने हो बन्धक पार्ने काम धेरै शिवमायाले र कम सत्तारूढ नेकपाले गरेका छन्। शिवमाया आफूलाई सभामुखको उम्मेद्वार नबनाउन्जेल उपसभामुखबाट राजीनामा नदिने,  सत्तारूढ दल उनलाई राजीनामा गराएर सभामुख आफ्नो भागमा पार्न खोज्ने। दलीय व्यवस्था जसले शिवमायालाई सांसद र उपसभामुख बनायो, अहिले उनले अब म उपसभामुख; दलभन्दा माथि भन्नु कम्तिमा पनि म जस्तो दलीय व्यवस्थामा विश्वास गर्नेका लागि चित्त बुझ्ने कुरा हैन। र, यदि यो नेकपाको प्रोक्सी युद्ध हैन भने यसमा उनले जित्ने पनि हैनन् । 

यसोभन्दा यो शिवमायाको विपक्षमा, एउटी महिला र जनजातिका विपक्षमा राखिएको मत भन्ने कसैलाई लाग्न सक्छ। तर, यथार्थमा यो त्यस्तो हैन। अहिलेसम्म शिवमाायाले पाएको पनि त्यही भएर हो। उनी समानुपातिक सांसद पनि जनजाति र महिला कोटामा पाएकी हुन्, उपसभामुख पनि सभामुख पुरूष हुँदा उपसभामुख महिला हुनुपर्ने संवैधानिक प्रावधानका कारण पाएकी हुन्।

म कुनै जातमा जन्मेकै कारण या कुनै लिङ्ग लिएकै कारण सधैं अभिसप्त हुनुपर्ने र पुरस्कृत हुनुपर्ने दुबै कारण गलत हुन् भन्ने प्राकृतिक न्यायको सिद्धान्तमा विश्वास गर्छु। यसै पनि जात, लिङ्ग प्राकृतिक रूपमा चाहेर लिन पाइने कुरा हैनन्। जुन कुरा चाहेर लिन पाइदैनन्, त्यसैका कारण दण्डित गरिनु वा पुरस्कृत गरिनु सर्वथा गलत हो।

नेपालमा पछिल्लो समय जात, लिङ्ग, क्षेत्रका नाममा भएका अधिक आरक्षणले मेरिटोक्रसीमाथि गम्भीर क्षति भएको छ। यसले ब्रेन ड्रेनलाई तिब्र गति दिँदा नेपाल दशकौ पछि परेको छ। अहिले यसोभन्दा समावेसी विरोधी जस्तो देखिएला तर यसको मूल्य समाजशास्त्रीय कोणबाट कुनै दिन अवश्य हुने छ। त्यतिबेलाका लागि पनि अहिलेको यो नोट अफ डिसेन्ट काम लाग्न सक्ला। 

समय साक्षी छ, उनले नेपालको संसदलाई बन्धक बनाइरहेकी छिन्। यस कोणबाट हेर्नु भनेको अप्रिय कोण हो; पपुलिष्ट कोणमा बाँच्न चाहने नेपाली समाजका लागि यो कोणबाट कुरा उठाएर अप्रिय हुने दुस्साहस विरलै हुन्छ। त्यही दुस्साहसको दृष्टान्त हो यो । 

नेपालमा माथि पुग्न तान्ने र ठेल्ने नभइ हुदैन। तान्ने भनेको दल वा सत्तामा रहेका माथिल्लो पद भएका उत्तोलक हुन् भने ठेल्ने भनेका देशी विदेशी सम्प्रेषक हुन्। देशी तत्वमा लिंग, जनजाति, पिछडा वर्ग, क्षेत्र, मधेसी, जनजातिजस्ता विभिन्न किसिमका आरक्षणवादी सोच, नागरिक समाज, गैरसरकारी/पेशागत संघसंस्था,   नाता, कृपा, फरिया, दौरा आदि रहेका छन् भने विदेशी तत्वमा नेपालको राज्यसत्तामा प्रभाव पार्ने भारत, भीन, अमेरिका, युरोपियन युनियन र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी दातृनिकाय आदि पर्छन्। अपवादलाई छोडेर नेपालमा यस्तैहरूले मौका पाएका छन् ।

रह्यो शिवमायाको कुरा, उनी आफ्नो योग्यताले पीएचडी गरिन्, त्यसको आधारमा धेरै भए उनी विश्वविद्यालयमा प्राध्यापन र अध्ययन/अनुसन्धान गरिरहेकी हुन्थिन्, नेपाली महिलामाथि विद्यावारिधि उनको योग्यताको सही सदुपयोग पनि त्यही हुन्थ्यो होला; सभामुख र उपसभामुख भएर अब फलानोको बोल्ने पालो, चिलानाको बोल्ने पालो भन्नलाई उनको पीएचडीको के काम ? 

उनी राजनीतिमा जहाँ पुगेकी छिन्, मूलत: त्यो उनको राजनीतिमा लगानीले पनि हो तर त्योभन्दा पनि बढी तान्ने र ठेल्ने भएकैले हो। त्यो नहुँदो हो त उनीभन्दा बढी योग्यता र लगानी भएका 'कम्रेड' नेकपामा सयौ छन् या योग्यताको कदर नभएको भन्दै पार्टी छोडेर अर्कै बाटो लागेका पनि हजारौं भइसके। 

अहिले उनलाई तान्ने शीतलनिवास पनि छ, ठेल्ने महिला, जनजाति, नागरिक समाज पनि छ; अहिले भएको र उनले लिएको अडान त्यसैको प्रदर्शन मात्र हो।

समय साक्षी छ, उनले नेपालको संसदलाई बन्धक बनाइरहेकी छिन्। यस कोणबाट हेर्नु भनेको अप्रिय कोण हो; पपुलिष्ट कोणमा बाँच्न चाहने नेपाली समाजका लागि यो कोणबाट कुरा उठाएर अप्रिय हुने दुस्साहस विरलै हुन्छ। त्यही दुस्साहसको दृष्टान्त हो यो । 

नेपालको संघीय संसदकी उपसभामुख माननीय डा. शिवमाया तुम्बाहाङ्फे भइसकिन् त। अरू लाखौं राममाया, विष्णुमाया पनि त बाँकि नै छन्, उनीहरूको अवसरको कुरा गरे हुन्न र ?

प्रकाशित मिति: : 2020-01-13 14:21:51

प्रतिकृया दिनुहोस्