दुर्घटनाग्रस्त युक्रेनी विमानको ब्ल्याक बक्स इरानले अमेरिकालाई नदिने

इरानको तेहरानमा दुर्घटना भएको युक्रेनी विमानको ब्ल्याक बक्स फ्लाइट रेकर्डर इरानले नदिने भएको छ। तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको युक्रेनको बोइङ–७३७ विमान बुधबार उड्ने वित्तिकै दुर्घटना भएको थियो।

यस विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य रहेका थिए। ती सबै जनाको मृत्यु भएको अधिकारीले पुष्टी गरेका छन्।  

इरानले अमेरिकी कम्पनी भएकाले बोइङ कम्पनी वा अमेरिकालाई नदिने बताएको हो ।

इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला भएको सो दुर्घटना दुई देशको तनावसँग सम्वन्ध रहेको वा नरहेको बारेमा भने स्पष्ट नभएको पनि समाचारमा जनाइएको छ।  

बोइङ जहाज पटक–पटक दुर्घटना हुन थालेपछि हालै बोइङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डेनिस मिलेनबर्गलाई बर्खास्त गरिएको थियो।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथोपियामा भएका अघिल्ला दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो। अनुसन्धानको क्रममा विमानको एमसीसी भनिने स्वचालित कन्ट्रोल सिस्टमलाई दुर्घटनाको कारण मानिएको थियो। 

प्रकाशित मिति: : 2020-01-09 21:17:46

प्रतिकृया दिनुहोस्