टोखामा एक दिन भरिको जेसुम यात्रा

बिएल संवाददाता

काठमाडाै‌ं

पुरानो शहर टोखाको वस्तीवीच्चमा छ सिद्धि गणेशको मन्दिर। यहाँका बासिन्दाको हरेक, जात्रा, पर्व, उत्सव, पारिवारिक खुशी, रहनसहन सबैको सिद्धिका लागि पुजिने मन्दिर। टोखाको सिद्धि बनेर बसेको सिद्धिगणेश मन्दिरकै आसपास छ न्हूजःखल:।

भूमिगत राजनीतिका बेला क्रान्तिकारीहरू भेला भएर नयाँ विचार, नयाँ व्यवस्था, नयाँ उपलब्धीका लागि भेला हुने गरेको स्थान, त्यसैले न्हूजःअर्थात् नववा नयाँ भन्ने शब्दसँगै पछि यो स्थानलाई पुस्तकालयको स्वरूप दिइयो। हो यही पुस्तकालयका अध्यक्ष दिपेन्द्र श्रेष्ठ पुसको यो मिहिन जाडो माविहान ६ः३० बजेदेखि घरि पुस्तकालयको हल मिलाउन त घरि केही बेरमै भेला हुने स्रष्टाहरुको स्वागत व्यवस्थापन गर्न व्यस्त देखिन्थे र उनिसँगै साथ दिइरहेका थिए, स्थानीय संस्कृतिविद् तथा जानिफकार सत्यनारायण डंगोल र गणेशमान श्रेष्ठ। यो चटारो थियो कला–साहित्यको सृजनात्मक श्रृङ्खला, जेसुम यात्राको।  

नभन्दै जेसुम यात्रा अभियानकी संयोजक कवि अनिता लामा र कवि, रङ्गकर्मी, पत्रकार एवं सगरमाथा आरोही रोजिता बुद्धाचार्य पहिलोपटक देखा परे न्हूजः प्राङ्गणमा। झोर झर्ने ओरालो र चण्डेश्वरी जाने बाटोको बीचमा अवस्थित न्हूजःको कौसीबाट टोखा, झोर, बूढानिलकण्ठ, काभ्रेस्थली,जितपुरको सुन्दर स्केच देखिन्छ।  

बिहानै स्रष्टाहरूको आगमन र जेसुम यात्राको ध्यानाकर्षणले टोखाका स्थानीय बासीन्दा लेखकप्रभात सापकोटा, स्थानीय शुभेच्छुक भरत गौतम, सामाजिक अभियन्ता भगवती गौतम, योगेन्द्र श्रेष्ठ, टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल उत्सुकताका साथ स्रष्टाहरुसँग गफि रहेका थिए, कलाकार दिपेन्द्र बनेपाली, बाबु साहिँला, डिबि किराँत राई तथा नेपालल लितकला एकेडेमीका प्राज्ञ तथा चित्रकार लालकाजी लामा र चित्रकार डि बराल। पानी पर्ने र वढी चिसो हुने मौसमको भयले अत्तालिएका जेसुम यात्रीहरु फैलँदै गएको घामसँग भिज्न थाले।  

क्रमश ः मौसम खुलेसँगै स्रष्टाहरु थपिँदै गए, कवि तथा समालोचक सुरेश हाचेकाली, कवि, नाटककार तथा निर्देशक फूलमानबल,कविहरू रमेश कँडेल,विनाथिङ तामाङ्ग, लक्ष्मी रूम्बा, गणेश बुढा, प्रशान्त डंगोल पत्रकार देउराली चाम्लिङ, पर्यटन यात्री जानुका, बौद्ध ज्ञान तथाधर्मका ज्ञाता एवं संस्कृतिविद् अजितमान तामाङ्ग कवि मौनता थापा। स्थानीय मतिनाभ्वे छें का सञ्चालक एवं कवि सुविन टोखाली सहितको टीमले स्थानीय नेवारी परम्परा अनुसार ‘कोखा’ र टिका सहित सगुन (माछा, अण्डा र एला) को स्वागतमा रमाइरहेका स्रष्टाहरु माझ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा मातृभाषा विभागका प्रमुखक विलक्ष्मी माली र कवि स्नेह सायमीको आगमनले स्रष्टाहरूमा उत्साह छायो। क्रमश सगुनलिएसँगै यात्राको आरम्भ हुँदै गर्दा फेरि थपिए कवि छविरमण पोखरेल, कवि रामगोपाल आशुतोष र चित्रकार विनिता वुद्धाचार्य, चन्दाश्रेष्ठ, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर।  

स्थानीय भूगोल र संस्कृतिसँग जानकार हेमराज श्रेष्ठले तलेजु भवानी मन्दिरमा रहेको मौलिक चित्रका विषयमा जेसुम यात्रीहरुलाई जानकारी गराएसँगै टोलीलाई प्राचीन टोखा वस्तीभित्र डो¥याए स्थानीय सत्यनारायण डंगोलले। पुरानागल्ली त्यसपछि चोक, चोकमा लोभलाग्ने गरी साझाधारा। धारामा बगेको पानीको प्रवाहले निकै लोभिए स्रष्टाहरु। ‘काठमाडौमापनि यस्तरी पानी आउँदो रहेछ बाबै’। धारामा सामूहिक रूपमा कपडा धोइरहेका महिलाहरु, नुहाइरहेका र पानी थाप्न बसेका महिलाहरु। ‘यस्तो सामूहिकताले महिलाहरुलाई डिप्रेसन हुनबाट जोगाउँछ, एक अर्काेप्रति चाह र चासो बढाउँछ र दुःख, सुखक ाभावहरु आदानप्रदान गर्छ। ’ कवि स्नेह सायमी र कवि अनिता टोखामा देखिएको सामूहिकता र यसले दिने सन्देशमा भावुक बने।  

लिच्छविकालीन सिलालेख, जोर भिमसेन, कोने लाछी, थने लाछी र लिङ्गो उठाउने जात्राको लिङ्ग, आकाशतर्फ फर्किएको आकाश ेधारा, गाः हिटी, द्वय छें,हेर्दै नासःद्य्य(नाट्यश्वरी) को अवलोकन तथा तिनीहरुसँग गाँसिएका रोचक किंवदन्तीहरुले जेसुम यात्रीलाई निकै चाख बढाउँछ। आउँदै गरेको माघे संक्रान्तिलाई धुमाधम तयार गरिँदै गरेको चाकुको मगमग बास्न ायतिबेला टोखाको विशेष अर्को आकर्षण हो। चाकु पकाउने, बनाउने तरिका प्रत्यक्ष अवलोकन गर्न पाउँदा दङ्गदास स्रष्टाहरू तातो चाकु र चाकुले बनेको लड्डुको स्वादमा सपन तीर्थ पुगीसकेको मेसै पाउँदैनन्। विशेषगरी छालाजन्य रोग व्याधीका लागि सपनतीर्थ मेलामा नुहाउने मान्यता स्थापित छ।

 वैशाख १ गते नयाँवर्ष शुरु भएको दिनमा यहाँ विशेष मेलालाग्ने गर्दछ। फराकिलो बाटो र मन्दिरको फराकिलो प्राङ्गणले गर्दा सपन तीर्थ धेरैको पिकनिक स्थल बनिसकेको रहेछ। स्रष्टाहरु समूह–समूहको पिकनिकमा बजिरहेको गीतमा कम्मर मर्काउँदै चण्डेश्वरीतर्फ अगाडि वढ्छ।  

स्वस्थानीको महिमा गाँसिएको पौराणिक कथासँग चण्डेश्वरीको ब्रिफिङ सुनी सक्दा हुस्सुले लछप्पै छोपियो। चित्रकारहरुको टोली कतिबेला छुट्टिसकेछन् र स्केचमा व्यस्त भइसकेछन् चण्डेश्वरीका डाँडामा। मतिना भ्वय छेंको परम्परागत साजसज्जाको स्वादसँगै लप्तेमा खानाखाँदै गर्दा स्रष्टा सुलोचना मानन्धरको आगमनमा स्रष्टाहरु रमाए। केही क्षणको सृजनापछि न्हूजःखलको हलमा टोखाको संस्कृति, सम्पदा, वैभवता, सम्भाव्यताका विषयहरु समेटिएको सृजनाले हल निकै तातो र गम्भिर बन्यो।  

काव्या वर्षाले मलाई पनि कविता लाग्यो भन्दै स्थानीय भरत गौतमले पनि सुन्दासुन्दै लेखेको कविता सुनाउन भ्याए। सर्जकहरुलाई हौसाउन आइपुगेका टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलले स्रष्टाहरुको यो स्थलगत यात्रा र यात्रापछि गरिएको सृजनाले निकै मन छोएको र यस्तो महत्वपूर्ण कार्यक्रमका लागि नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गरे। कलाकारहरुले टोखाको सौन्दर्यतालाई उतारेका सुन्दर स्केचहरुको सामूहिक प्रदर्शनी गरिएपछि तातो योमरी सहित सबै जेसुम यात्रीलाई टोखाले बिदाई गरे।  

आफ्नो संस्कृति, सभ्यता, पहिचान र भूगोललाई हामी आफैँले बिर्सँदै जाँदा हामीमाथिको सांस्कृतिक दमन, अतिक्रमण पनि सोहीअनुरुप वढ्दै जाने तथा गएको परिदृश्यबाट र एक अर्काको विविध सांस्कृतिक पहिचानसँग एक अर्कोमा जोडिँदै जाने सकरात्मक अभिप्रायले कलासाहित्यलाई माध्यम बनाउँदै यसरी हिँडिएको जेसुम अभियानकी संयोजक अनिता लामाले बताईन्।  

प्रकाशित मिति: : 2020-01-09 00:19:02

प्रतिकृया दिनुहोस्