इरानका विदेशमन्त्रीलाई अमेरिकाले भिषा दिएन

बिएल संवाददाता

काठमाडाै‌ं

अमेरिकाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको भ्रमण गर्न लागेका इरानी विदेशमन्त्रीलाई प्रवेशाज्ञा दिन अस्वीकार गरेको छ। 

इरानी विदेशमन्त्री जरिफले बिहीवार हुने संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् बैठकमा हुने खुला बहसमा इरानको धारणा राख्न जाने कार्यक्रम रहेको थियो ।

विदेशमन्त्री जरिफलाई उद्धृत गर्दै राष्ट्रसंघको सुरक्षा परिषद्मा सहभागीता जनाउनका लागि संयुक्त राज्य अमेरिकाले प्रवेषाज्ञा नदिएको विदेशमन्त्रीलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका इरानी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

त्यो निर्णयले विदेशी नेताहरूलाई प्रवेशाज्ञा दिने सन् १९४७ मा गरिएको संयुक्त राष्ट्रसङ्घ मुख्यालय सहमतिको उल्लङ्घन गर्छ।

इरानी विदेशमन्त्रीले भने, 'हामीलाई थाहा भए अनुसार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिवलाई फोन गरी जरिफलाई प्रवेषाज्ञा दिन समयका कारण असम्भव देखिएकाले उहाँलाई प्रवेषाज्ञा नदिने बताइएको थियो।'

जवाफमा राष्ट्रसङ्घका महासचिवले बैठकमा भाग लिन पाउने इरानको अधिकार रहेको पोम्पेओलाई बताएको इरानी वरिष्ठ कूटनीतिज्ञलाई उदृत गर्दै इरानको अर्धसरकारी समाचार संस्था आइएसएनएले लेखेको छ ।

यसैबीच इरानको संसद्ले अमेरिकी सेना र पेन्टागनलाई आतङ्कवादी सङ्गठन घोषणा गर्ने एउटा प्रस्ताव पारित गरेको छ।

इरानी संसद्ले विदेशी भूमिमा कार्य गर्ने कूड्स फोर्सका लागि अतिरिक्त रकम विनियोजन गरेको छ।

इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो। त्यसयता उक्त समूह एउटा महत्त्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ।

कूड्स फोर्स आईआरजीसीअन्तर्गत छ। उसले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ।

झन्डै ५,००० जना भएको कूड्स फोर्स जनरल सुलेमानीको नेतृत्वमा थियो। उनले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको थिए।

प्रकाशित मिति: : 2020-01-08 23:50:38

प्रतिकृया दिनुहोस्