केटाको फोन आउँदा १५ वर्षीया किशोरीको हत्या, घटना लुकाउन ११ स्थानमा श्रृंखलाबद्ध आगजनी

प्रहरीले १५ वर्षीया किशोरी पुनिता कुमारीको हत्या आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरिएकाे छ। पर्सा पोखरिया गाउँपालिका– ९ सेमरबारी बस्ने किशोरीकी आमा शिवकली देवी, काका सन्तोष दास तत्वा, राजेन्द्र दास तत्वा र ट्याक्टर चालक जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हाे।

करिब एक महिनाअघि पुनिता हराएको सूचना प्रहरीमा पुगेको थियो। प्रहरीले सूचनाकै आधारमा पुनिताको खोजीकार्य जारी राखेको थियो। अन्ततः २१ गते पुनिताको शव फेला पारेको हो।  पुनिताको शव परालमा जलाएर हत्या गरी घर नजिकै खोलामा शव गाडेको अवस्थामा फेल परेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले बताए।  

‘न हराएको निवेदन नै, गोप्य सूचनाको आधारमा हामी घटनास्थलमा पुगेका थियौं,’ एसपी ह राठौरले भने,‘घटनाको प्रकृति हेर्दा डिजल हालेर शव जलाएको जस्तो देखिन्छ र बचेको भाग अलि पर लगेर गाडेको रहेछ।’

प्रहरी टोलीले घटना स्थलबाट किशोरीको शव जलाएको अवस्थामा शरिरको आंशिक भागहरु फेला परेको र बाबु भने अझै फरार रहेकोले घटना रहस्यमय भएको उनले बताए। 

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा मोबाइलमा केटाको फोन आएपछि पुनितालाई कुटपिट गर्दा मृत्यु भएको हुनसक्छ। एसपी राठौरले भने, ‘कुटपिटकै क्रममा पुनिताको ज्यान गएपछि घरनजिकैको खेतमा गाडेको जस्तो देखिन्छ।’

सन्तोष दास तत्वा पोखरीयामा हुने विभिन्न अपराधमा संलग्न गिरोहका नाइके भएको र निजकै समूहले बालिकाको हत्या गरेकाे प्रहरी स्रेातले बताएकाे छ।

अहिले पोखरीयामा गत मंसिर ३० गते राति श्रृंखलाबद्ध रुपमा नगरपालिका क्षेत्रलाई नै आतंकित गर्ने गरी अज्ञात समूहले गरेको आगजनीको रहस्य पनि खुलेको पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारले बताए। 

गत मंसिर ३० गते  पर्सा जिल्लाको पोखरीयामा अज्ञात समुहले श्रृंखलाबद्धरुपमा ११ स्थानमा आगजनी गरेपछि नगर क्षेत्रको जनजिवन त्रसित भएको थियो। व्यक्तिका घर देखि घुम्ती पसल र मठ सम्म अपराधिक गिरोहले आगजनी गरेको थियो। 

बालिकाको हत्या गरेर घटनालाई अन्यत्रै मोडन श्रृंखलाबद्ध रुपमा पोखरीयामा भएको आगजनी घटनाको निष्पक्ष छानविन गर्न रौनियारले माग गरेका छन्। 
 

प्रकाशित मिति: : 2020-01-08 06:05:54

प्रतिकृया दिनुहोस्