भ्रमण वर्ष २०२० को पहिलो सातामै एक तिब्बतीसहित पाँच भुटानी नागरिक पक्राउ

सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बतीसहित पाँच जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। नेपाल भ्रमण वर्ष २०२० को पहिलो साता मै पक्राउ परेका मध्ये चार जना भुटानी नागरिक छन्। 

वीरगञ्ज भन्सारस्थितभन्सार राजश्व गस्ती सुरक्षा गुल्मको टोलीले चेकजाँचको क्रममा अवैध रुपमा नेपाल प्रवेश गर्न लागेको सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा तिब्बती नागरिक ४० बर्षिय कुन्छोक तसोमो, भुटानी नागरिकहरू ६५ बर्षिय डोल्मा तामाङ, ४३ बर्षिय छोदेन तामाङ, १९ वर्षिय छुन्दु लह्मो, ७० वर्षिय ज्ञान बहादुर तामाङ रहेका छन्। 

भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारत मैत्री बसमा सवार ४० जना यात्रु मध्ये पाचँजनासँग पासपोर्ट नभेटिएपछि नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले बताए। 
 
‘भन्सार मुल गेटमा नेपाल–भारत मैत्री बसमा नियमित चेकजाँच गर्ने गरेको छौं, त्यस क्रममा चारजना भुटानी र एकजना तिब्बती नागरिकले पासपोर्ट नबोकेको पाईयो, उनीहरुसँग आफ्नो देशको आईडी कार्ड मात्र थियो।’ डिएसपी खत्रीले भने ‘उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबीनका लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाएका छौं।’ 

वीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्न लागेका पाँचै जनालाई आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि अध्यागमन कार्यालय वीरगञ्जमा बुझाएको सशस्त्र प्रहरी नायब निरीक्षक फणिन्द्र भुजेलले बताए।

‘पासपोर्ट नलिई आएका विदेशी नागरिक फेला परे अध्यागमन कार्यालयका कर्मचारी साथ लगाएर विभाग पठाउने गरिएको छ।’ उनले भने‘ विभागले नै त्यसपछिका प्रक्रिया अगाडी बढाउँछ। ’ 

गत असोज नेपाल भारत मैत्री बसबाट ३ हजार थान अवैध लागुऔषध बरामद भएको थियो।

प्रकाशित मिति: : 2020-01-08 00:12:24

प्रतिकृया दिनुहोस्