नक्कली भारतीय नोटसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यलय,पर्साले ६ हजार नक्कली भारतीय नोटसहित एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका १६ नगवा बस्ने रियाज देवान रहेका छन्। 

वीरगञ्ज महानगरपालीका ८ बसपार्क स्थिति होटल साह प्याराडाईजमा चेकजाँच गर्ने क्रममा उनलाई आईतबार प्रकाउ गरिएको प्रहरीले जनाएको छ। 

उनीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: : 2020-01-06 00:36:33

प्रतिकृया दिनुहोस्