कृषि विकास बैंक ह्याकिङ्ग प्रकरण: थप एक जना पक्राउ

कृषि विकास बैंक ह्याकिङ्ग प्रकरणमा फरार रहेका एक जना अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका २ घर भएका दिपक नेपाल रहेका छन्।

नाईजेरियन र भारतीय नागरिकहरुसँग मिलेर नेपालका बैंक तथा वित्तिय संस्थाहरुबाट ५ अर्ब रुपैँया भन्दा बढी निकाल्ने योजनामा संलग्न रहेको खुलासा भएपछि पक्राउ गरिएको प्रहरी उपरिक्षक मुकेश कुमार शाहले बताए।

नेपालले कृषि विकास बैंकको करिव एक करोड रुपैयाँ निकाली लामो समयसम्म फरार रहेको उनले जानकारी दिए।

नेपाललाई थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ।

प्रकाशित मिति: : 2020-01-06 00:28:00

प्रतिकृया दिनुहोस्