विदाको दिन चलेका आठ सरकारी माेटरसाइकल प्रहरीले समात्याे

सार्वजनिक बिदाको दिन चलाएको भन्दै प्रहरीले आज जिल्लाको विभिन्न स्थानबाट आठ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ।  

शनिवार विदाको दिन जिल्लाको विभिन्न स्थानबाट सरकारी नम्बर प्लेटका गाडीलाई नियन्त्रणनमा लिएको सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदीले जानकारी दिए।

नियन्त्रणमा लिइएको मोटरसाइकल चलाउने कार्यालयका कर्मचारीलाई प्रथम पटक चेतावनी दिई अब उप्रान्त जिल्ला प्रशासन कार्यालयको पास विना सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचलाउने सर्तमा साँझ छाडिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीले जानकारी दिए।  

आगामी दिनमा विना अनुमति विदाको दिन सरकारी गाडी चलाए कारवाही गर्ने चेतावनी दिएर गाडी छाडेका उनले बताए। पछिल्लो समय सरकारी नम्बर प्लेटको गाडीको दुरुपयोग बढेको छ।

प्रकाशित मिति: : 2020-01-05 12:09:25

प्रतिकृया दिनुहोस्