त्रिभुवन विमानस्थलबाट १ किलो २०० ग्राम सुनसहित २ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो २०० ग्राम सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा परवेज मुशर्रफ र मुत्तलभि मोहम्मद रहेका छन्।

दुवईबाट काठमाडौं आएका उनीहरुलाई विमानस्थल प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले शनिबार साँझ नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट प्रहरीले ४ वटा क्याप्सुल जस्तो देखिने वस्तु बरामद गरेको छ। त्यसका साथै ४ पकेट बेशार जस्तो बस्तु पनि बरामद गरिएको छ।

प्रहरीले शुक्रबार मात्रै युएईको सार्जाबाट एयर अरेवियाबाट काठमाडौं आएका  भारतीय नागरिक सुरेशलाल भारत र नविन गोपिचन्द्रलाई त्रिभुवन विमानस्थलबाट २ किलो सुनसहित पक्राउ गरेको थियो।

यस्तै बिहिबार पनि  १ किलो सुनसहित नयाँ दिल्ली हुँदै काठमाडौं आएका कासिव मोहम्मद र  मुस्राफिन मोहम्मदलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट प्रहरीले ४ वटा बेसारको प्याकेटमा सुन बरामद गरेको थियो।

यसअघि स्याम्पुको बोत्तल, मलद्वारमा हालेर, फल्स बटम बनाएर सुन तस्करी हुँदै आएको थियो। अहिले भने पगालेर प्लास्टिकको पकेट र क्याप्सुल बनाएर तस्किरी हुन् थालेको छ।

प्रकाशित मिति: : 2020-01-05 10:04:59

प्रतिकृया दिनुहोस्