नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन प्रदेश-३ सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको छ।
प्रदेशभित्र रहेका पर्यटकीय गन्तव्यहरूको पहिचान, प्रवर्द्धनका साथै पर्यटकको सुविधाका लागि आवश्यक पूर्वाधार विकास गर्न विभिन्न योजना प्रदेश सरकारले सुरु गरेको हो।