ज्यान मार्ने उद्योगमा फरार रहेका चरी समूहका दुई अभियुक्त पक्राउ

फाइल फोटो

ज्यान मार्ने उद्योगमा फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दिरी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बस्ने रेम्बो भन्ने अजय गुरुङ र  साेहि ठाँउ घर भई हाल काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस्ने राते भन्ने सुजन श्रेष्ठ रहेका छन्। 

२०७५ साल बैशाख १८ गते काठमाडौं महानगरपालिका–२६ एल.ओ.डी कल्ब अगाडी दुबैले बिष्णु कदागतको टाउकोमा रड प्रहार गरेर फरार भएको प्रहरी वृत लौनचोरले बताएको छ।

प्रहरीका अनुसार उनीहरु दिनेश अधिकारी ( चरी) समूहका हुन्।

उनीहरुलाई थप अनुसन्धानका लागि लौनचोर पठाइएको छ।

प्रकाशित मिति: : 2020-01-04 02:16:25

प्रतिकृया दिनुहोस्