नारायणकाजी सहित नेकपाका १६ जना राष्ट्रिय सभा उम्मेद्वार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेद्वारको टुङ्गो लगाएको छ। प्रदेश १ मा नेकपाले  दलतीबाट गोपी अच्छामी,महिला तर्फ इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेद्वार बनाएको छ।

त्यस्तै प्रदेश २ बाट दलित तर्फ राधेश्याम पासवान र महिलातर्फ तुलसा दाहाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। नेपाले प्रदेश २ मा राजपासँग तालमेलको सहमति गरिसकेको छ।

त्यस्तै प्रदेश ३ बाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुषाललाई उम्मेद्वार बनाएको छ। भुषाल नेकपाका स्थायी समिति सदस्य हुन्।

गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेद्वार बनेका छन्। त्यस्तै महिलामा भगवती न्यौपाने उम्मेद्वार बनाएको छ।

प्रदशे ५ मा नेकपाले महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यक तर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईलाई उम्देवार बनाएको छ।

त्यस्तै प्रदेश ६ मा नेकपाले अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुनिता बिसी उम्मेद्वार भएका छन्।

त्यसैगरि सुदुरपश्चिम प्रदेशबाट अन्यबाट तारामान स्वाँर र महिलाबाट शारदा भट्ट उम्मेद्वार भएका छन्।
 

प्रकाशित मिति: : 2020-01-04 00:23:54

प्रतिकृया दिनुहोस्