नेपालमै कलाकारिता गरेर नै बाँच्ने आधार भइसक्योः हरिबंश आचार्य

वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताएका छन्।

बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताएका हुन्।

कुनै समय अभिभावकहरुले आफ्नो सन्तानलाई डाक्टर र इञ्जिनियर बनाउने सपना देख्ने गरेकोमा अहिले राम्रो कलाकार र डाइरेक्टर बनाउने सपना देख्ने गरेको उनले बताए। ‘पहिले पहिले अभिभावकहरुले तपाईको छोराछोरीर्ला के बनाउने भन्दा डाक्टर बनाउने भन्नुहुन्थ्यो, इञ्जिनियर बनाउने भन्नुहुन्थ्यो तर आजकल एक्टर बनाउने, डाइरेक्टर बनाउने पनि भन्नथाल्नुभएको छ’, उनले भने।

विद्यालयका प्रिन्सिपल कुमार थापाले प्रस्तुत नाटकले सबैसँग मिलेर बस्ने, प्रकृतिमा भएका सबैलाई माया गर्ने भन्ने सन्देश प्रदान गर्ने बताए। उनले नाटकबाट विद्यार्थीहरुमा मिलेर काम गरे कति गर्न सकिन्छ । ठूलो मासमा पनि प्रस्तुति दिन सकिने रहेछ भन्ने भावनाको विकास हुने बताए।

विद्यासदनको वर्षिक कार्यक्रम नाट्यमणि अन्र्तगत ‘द ह्याप्पी प्रिन्स’ लगायत तीन वटा नाटक प्रस्तुत गरेको छ। ‘द ह्याप्पी प्रिन्स’ जेन्नी सुनुवारले निर्देशन गरेको नाटक हो ।

प्रकाशित मिति: : 2020-01-03 04:29:13

प्रतिकृया दिनुहोस्