‘छोरीलाई जन्म दिएर पनि आमा बन्न पाइनँ’
बिहान कलेजमा एक पिरियड पढाइ छोडेर हतारहतार कोठामा आउने अनि खाना बनाएर खाने त्यसपछि न्युरोडस्थित एक सहकारीमा काम गर्न बिहान १० बजे पुग्ने दीपिका (नाम परिवर्तित) को दैनिकी हो ।
यसरी बिहान कलेज, दिउँसो सहकारीको काममा दीपिका व्यस्त हुन थालेको १ वर्ष भयो । बाजुराकी १९ वर्षीया दीपिका बानेश्वरस्थित एक कजेलमा कक्षा १२ अध्ययनरत छिन् ।