देव गुरूङको बिकम बारूलौं सार्वजनिक

गायक तथा संगीतकार देव गुरुङको ‘बिकम बारुलौं...’ को रिमेक भर्सनमा तयार भएको म्यूजिक भिडियो सार्वजनिक भएको छ। जमर्को इन्टरटेनमेन्टको युट्यूव च्यानलबाट सार्वजनिक भएको म्यूजिक भिडियोमा मोडलद्वय बादल श्रेष्ठ र नग्मा श्रेष्ठले अभिनय गरेका छन्। 

मोरङको जाँते र मिक्लाजुङमा छायांकन गरिएको भिडियोलाई शिव श्रेष्ठले कोरिग्राफी गरेका हुन्। 

गीतको रचना/संगीत/गायन देव गुरुङले सम्हालेका छन्। चन्दु गोर्खालीको संगीत संयोजन  छ। 

सन्तोष राईले निर्देशन गरेको यस गीतलाई आर.बी. स्टुडियो काठमाडौं र काब्य स्टुडियो दमकमा रेकर्ड गरिएको हो । 

गाउँले परिवेशको यस म्यूजिक भिडियोमा देवराज सिग्देलको छायांकन, महेश सिग्देलको मेकअप र दिनसन साहको सम्पादन रहेको छ । 

यस गीतलाई म्यूजिक भिडियो र चलचित्र निर्माणमा सक्रिय रहँदै आएको क्रेजी इन्टरटेमेन्टले निर्माण गरेको हो ।

प्रकाशित मिति: : 2020-01-02 04:12:50

प्रतिकृया दिनुहोस्