गणतन्त्रमा सामन्ती व्यवहार

गणतन्त्रमा पनि शासकको सामन्ती चरित्र फेरिएन बरु केही पक्षमा झन् बढेको देखियो

सम्पादकीय

काठमाडौं

निर्वाचित जनप्रतिनिधिको ‘राजसी सोख’को रहरले हो कि सुरक्षा अधिकारीहरूको सामन्ती सोचको करामतले हो राजधानीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका ‘अतिविशिष्ट’ महानुभाव सडकमा निस्कनेबित्तिकै लाखौं सर्वसाधारणको आवागमन ठप्प हुनेगरेको छ । आज पुस १५ का दिन पनि राष्ट्रपति विद्यादेवी भण्डारी कुनै सार्वजनिक कार्यक्रममा ‘सबारी’ हुने भन्दै प्रहरीले महाराजगन्जबाट टुँडिखेल जाने सडकमा एक घन्टाजति सार्वजनिक यातायत रोकिदियो । निजी र सरकारी कारहरू तथा मोटर साइकललाई भने खासै रोकिएन । फलस्वरूप, निजी सवारी साधन नहुनेहरूको दिनचर्या प्रभावित भयो । सामान्यतः निजी सवारी साधन नहुने अर्थात् अपेक्षाकृत गरिबहरू सार्वजनिक यातायातमा निर्भर हुन्छन् । यसैले सुरक्षाका नाममा अपनाइएको यो जनसाधारणप्रति भेदभाव गर्ने व्यवहार निन्दनीय देखिन्छ । 

प्रकाशित मिति: : 2020-01-01 12:10:53

प्रतिकृया दिनुहोस्