महिलाहरु घर भित्रै सिमित हुनुहुँदैन: मेयर सरावगी

वीरगञ्ज महानगरपलिकाका मेयर बिजय सरावगीले महिलाहरु घर भित्रै सिमित रहेकाले आफ्नो फुर्दको समयलाई सदुपयोग गर्न नसक्ने अवस्था रहेको बताएका छन्।   

वीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा “ महिला उद्यमशिलता विकासमा स्थानिय सरकार र निजि क्षेत्रको भुमिका र सहकार्यको विषयमा सोमबार अन्तक्रिया कार्यक्रम बोल्दै उनले  रोजगारीमा पुरुषहरुको पहुँच नभएपनि कहिँकतैबाट आफ्नो सिप र शक्तिको सदुपयोग गर्दै काम गर्न सक्ने तर महिलाहरु घर भित्रै सिमित रहने गरेकाले समयलाई सदुपयोग गर्न नसक्ने अवस्था रहेको बताएका हुन्। 

उनले पुरुष सरह महिला पनि घरधन्दा सकेर दिनको खालि समयमा केहि आयआर्जनको काम गरे आत्मनिर्भर बन्न सक्ने बताए। ुनेपालको संविधानले तीन तहको सरकारको व्यवस्था गरेपनि स्थानीय सरकारको समुदायको प्रति विशेष भुमिका रहेको बताउँदै उनले स्थानिय सरकाले नै महिलालाई थप सहयोग गर्नुपर्ने बताए। 

'प्रदेश २ का समाजमा महिला अझै घर भित्र बस्नु पर्ने रुढिवादि परम्परा भएकाले यस्ता अवस्थामा प्रत्येक पालीकाका महिला जनप्रतिनिधिले घरघरमा गएर उद्यमशीलताको महत्वको बारेमा बुझाउन आवश्यक छ। उनले भनिन् 'महिलाहरुको उद्यमशीलता तर्फ झुकाव गराउन यो बाहेक स्थानिय सरकारको अन्य विकल्प छैन्।' 

महिलाले महिलाको भावना र समस्या बुझ्ने हुदाँ अनुगमन समितिदेखी न्यायिक समितिको समेत अधिकार महिला जनप्रतिनिधिले पाएकाले यसतर्फ  बिशेष ध्यान पुग्नुपर्ने उनले भनाई थियो। 

उद्योग वाणिज्य संघ प्रदेश २ का उपाध्यक्ष अशोक वैद्यले रोजगारी र सिपमुलक कार्यकालागी हेल्भेटास नेपालले गर्दै आएको कार्य सराहनीय भएको बताउँदै नेपाल एक कृषीप्रधान देश भएकोले महिलाहरुलाई कृषिबाट नै उद्यमशील बनाए राम्रो आम्दानी हुन सक्ने बताए।

'ग्रामिण भेगका पालीकाहरुले कृषि सम्बन्धि तालीमको आयोजना गरेर उनीहरुलाई व्यवसायीक रुपमा लगाए रोजगारीको समस्या हट्छ।' उनले भने 'महिलाहरुलाई काममा लगाउन सके तरकारी तथा फलफुलकालागि भारत प्रतिको परनिर्भतता घट्दै जान्छ।'  

उद्योग वाणिज्य संघ प्रदेश २ का उपाध्यक्ष अशोक वैद्यले रोजगारी र शिपमुलक कार्यकालागी हेल्भेटास नेपालले गर्दै आएको कार्य सराहनीय भएको बताउँदै नेपाल एक कृषीप्रधान देश भएकोले महिलाहरुलाई कृषिबाट नै उद्यमशील बनाए राम्रो आम्दानी हुन सक्ने बताए। ग्रामिण भेगका पालीकाहरुले कृषि सम्बन्धि तालीमको आयोजना गरेर उनीहरुलाई व्यवसायीक रुपमा लगाए रोजगारीको समस्या हट्नुको साथै तरकारी तथा फलफुलकालागि भारत प्रतिको परनिर्भतता घट्दै जाने बताए।  

कार्यक्रमका वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्याक्ष सुबोध गुप्ताले नेपालको नयाँ संबैधानिक व्यवस्था अनुसार घर भित्रका महिलाहरुलाई जनप्रतिनिधिको रुपमा बाहिर निस्कने मौका पाए जस्तै महिलाहरुको हरेक क्षेत्रमा समान बिकाश भए मात्र सिंगो देशको बिकाश हुने बताए। 

कार्यक्रममा सहभागी बाराको निजगढ नगरपलिकाका मेयर सुरेश खनालले परीवारको सहयोग नपाएर चेतनाको कमिले गर्दा पुरुषको तुलनामा महिलाहरु उद्यमशिलता तर्फ कमजोर भएकाले यसतर्फ सचेतना मुलक कार्यक्रय चलाउन आवस्य रहेको बताएका छन्।  

निजगढ नगरपलिकाले महिलाहरुको उत्थानाका लागि छुट्टै बजेट ल्याएको हुदाँ यस प्रकारका कार्यक्रम संचालनमा रहेको जानकारी गराए। निजगढ नगरपालीकाले हेल्भेटास मार्फत १ हजार देखी १२ सय बिगहामा फलफुलमा केराको खेति गरेर अहिले जोनमा परीणत हुने अवस्था आएको बताउदै अब यसलाई अग्रानिक रुपमै लैजाने जानकार दिए।  

अन्तक्रियामा  हेल्भेटासले गरेको भुमिहिन तथा बाढि पिडित परीवारका लागी आम्दानी तथा आर्थिक सुधारका लागि गर्दै आएको बगर खेतिको बारेमा पनि संस्थाका टिम लिडर सन्दीप पौडेलले जनप्रतिनिधिहरुलाई अवलोकन गराएका थिए।  

कार्यक्रममा पोखरीयाकि उपमेयर सल्मा खातुन, ठोरीकि उपप्रमुख शान्तिमाया थिङ्ग लगायत प्रदेश २ का विभिन्न पालीकाका उपप्रमुखहरुको बिशेष उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: : 2019-12-31 06:58:36

प्रतिकृया दिनुहोस्