अमेरिकाद्वारा इराक र सिरियामा हवाई आक्रमण, २५ लडाकुको मृत्यु भएको दाबी

आफ्नो देशका एक ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा आक्रमण गरेको छ। समाचारसंस्था रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरिया नजिकै पर्ने बताइएको छ।

आक्रमणमा कताइब हेज्बोल्लाह समूहका कम्तीमा २५ जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए।

उक्त समूहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको छ।

अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ।
 

प्रकाशित मिति: : 2019-12-31 00:11:23

प्रतिकृया दिनुहोस्