बुर्किना फासोमा प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन्।
स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती ‘आतङ्ककारी’ मारिएका अधिकारीले जनाएका छन्।
गत शुक्रबार भएको सो कारबाहीमा सुरक्षाकर्मीतर्फ भने एक जना प्रहरी मारिएका र अरु सात प्रहरी घाइते भएका प्रहरीले जारी गरेको वक्तव्यमा उल्लेख छ।
आक्रमणकारी जिहादीले प्रयोग गरेका हातहतियार, मोटरसाइकल र जिपीएसलगायतका साधनहरु घटनास्लथबाट प्रहरीले नियन्त्रणमा लिएको छ। सैन्य अधिकारीका अनुसार गत हप्ता भएको दुई सुरक्षा कारबाहीमा अरु ३२ जनाको मृत्यु भएको थियो।
देशको खराब अवस्था, कमजोर सुरक्षा व्यवस्थालगायतका कारणले देशमा भइरहेको जिहादीको हिंसा नियन्त्रण गर्न बुर्किना फासोको प्रहरीलाई गाहो भएको बताइएको छ।
हिंसात्मक गतिविधि गरिरहेको सो जिहादी समूह अलकायदा र इस्लामिक स्टेट (आइएस)सँग पनि नजिक रहेको बताइएको छ। यिनीहरुले बुर्किना फासोसँगै माली नाइजरलगायतका देशहरुमा केही वर्षदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेका छन्।