कालोकोटको आवरणमा काला कर्तुत

-नैतिक आचरण र पेसागत मर्यादा उल्लंघन गरेको भन्दै ९९ अधिवक्तामाथि बार काउन्सिलको छानबिन

-सरकारी जग्गा हाउजिङको नाममा गराउने तीन वकिलविरुद्ध मुद्दा

-१० अधिवक्ताको लाइसेन्स रद्द

-आठ अधिवक्तालाई  भ्रष्टाचार मुद्दा

-न्यायाधीश ठग्ने अधिवक्ता जेल चलान

-कानुनी सल्लाहकार नै मिर्गौला तस्करीमा

न्यायका लागि बहस पैरवी गर्ने कानुन व्यवसायी नै पेसागत आचारसंहिता उल्लंघन गर्ने मात्र होइन, मिर्गौला तस्करीजस्ता गम्भीर अपराधमा समेत मुछिन थालेका छन् । पछिल्लो एक वर्षमा १० अधिवक्ताविरुद्ध भ्रष्टाचार तथा फौजदारी मुद्दा चलेको छ । नैतिक आचरण र पेसागत मर्यादा उल्लंघन गरेको भन्दै ९९ अधिवक्तामाथि बार काउन्सिलले छानबिन गरिरहेको छ । वकालती पेसालाई माध्यम बनाएर अनुचित तरिकाबाट अकुत सम्पत्ति आर्जन गर्ने तथा अपराध कर्ममा लागेको भन्दै उनीहरूविरुद्ध काउन्सिलमा उजुरी परेको थियो ।

प्रकाशित मिति: : 2019-12-28 20:20:27

प्रतिकृया दिनुहोस्