गृहमन्त्री र साउदी अरेबियाका राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा बादलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद सलिमान एम अल मरवानले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृहमन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

भेटमा गृहमन्त्री थापाले साउदी अरेबियामा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे।

नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको संख्या गतवर्ष तीनसय थप गरिदिएकोमा राजदूत मारवानेमार्फत गृहमन्त्री थापाले साउदी सरकारलाई धन्यवाद दिँदै सो संख्या अझ थप गर्न आग्रह गरे।  

भेटमा राजदूतले  साउदीमा रहेको नेपालीहरुको समस्या समाधान गर्न आफुहरु गम्भिर रहेको बताए। उनले नेपालबाट साउदीमा हजमा जानेहरुको संख्या बढाउन समेत आफूले पहल गर्ने बताए।

प्रकाशित मिति: : 2019-12-28 05:40:01

प्रतिकृया दिनुहोस्