मकवानपुरमा सुमो दुर्घटना: ३ जनाको मृत्यु, ६ जना घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित ओखलडाँडामा शुक्रबार सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्।

मृतकको पहिचान खुल्न नसकेको र मृतक मध्ये १ जना महिला र २ जना पुरुष रहेको मकवानपुरका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

चपुरबाट काठमाण्डौँ जाँदै गरेको ना १ ज ३४३३ नंबर सुमो ओखलडाँडा सडकदेखि करिब ५ सय मिटर तल खस्दा ५ जना पुरुष र १ जना महिला घाइते भएको पौडेलले जानकारी दिए। जीपका चालक समेत घाइते भएका छन्।  

घटनाको थप विवरणको लागि प्रहरी घटनास्थातर्फ गइरहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित मिति: : 2019-12-28 03:53:50

प्रतिकृया दिनुहोस्