दंगाकाे आशंकामा उत्तर प्रदेशको २१ जिल्लामा इन्टरनेट सुविधा बन्द

युपीका डिजिपी ओपी सिंहले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको पुष्टी गरे। उनले भने, ‘युपीको अवस्था नियन्त्रणमा छ।’

नागरिकता संशोधन विधेयकको विरोधमा गत शुक्रबार उत्तर प्रदेशको २२ जिल्लामा भएको प्रदर्शनमा हिंसा भड्किएको थियो।

आज शुक्रबार पुरानो घटना नदोहरियोस् भनेर उत्तर प्रदेश सरकारले हिंसा भड्किएको २२ वटै जिल्लामा हाइअलर्ट लागु गर्नुका साथै २१ जिल्लामा इन्टरनेट सुविधा बन्द गरेको छ। 

युपीका डिजिपी ओपी सिंहले संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको पुष्टी गरे। उनले भने, ‘युपीको अवस्था नियन्त्रणमा छ।’

शुक्रबार मेरठ, वाराणसी, मुजफ्फरनगर, बिजनौर, संभल, फिरोजाबाद, कानपुर र रामपुरसमेत अन्य जिल्लामा हिंसा भड्किँदा १९ जनाको ज्यान गरेको थियो। 
 

प्रकाशित मिति: : 2019-12-28 01:42:59

प्रतिकृया दिनुहोस्