सपनाले पाएको त्यो 'क्लु' जसले बली चढाउने योजना भयो चकनाचुर, बाबु बनेर प्रहरी अधिकृतको 'कोभर्ट अपरेसन'

सविन ढकाल

काठमाडौं

मंगलबार बिहान ११ बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उड्यो। २२ वर्षीय सपना केसी* त्यही विमानमा थिइन्। उनीसँगै थिइन्, दिलकुमारी बुढा। सपना पेशाले मोडल। उनलाई विराटनगरमा र्‍याम्पमा उत्रिनु थियो, मोडलिङको।

पुस ५ गते काठमाडौंमा सपना र फेसन हाउसबीच र्‍याम्पमा उत्रिने सहमति भएको थियो। एक घण्टाको ३० हजार रुपैयाँ पाउने भएपछि उनी तयार भएकी थिइन्।

सपना तिनै पात्र हुन्, जसलाई 'बली' दिन लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। बिहीबार उनलाई सीमा कटाएर भारत लैजाँदै गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोद्धार, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, धादिङकी २६ वर्षीय प्रेममाया तामाङ रहेका छन्।

प्रकाशित मिति: : 2019-12-28 01:03:25

प्रतिकृया दिनुहोस्