प्रदेश २ मा माघ २ देखि छोरी विमा सप्ताह

प्रदेश सरकारले बेटी पढाउ,बेटी बचाउ कार्यक्रम अन्तर्गत संचालनमा ल्याएको छोरी शिक्षा विमालाई जनस्तरसम्म पु¥याउन विमा सप्ताह संचालन गर्ने भएको छ । 

२०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाको लागि विमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभाव लगायतको कारणले सोचे अनुरुपको प्रतिफल प्राप्त गर्न नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर संचालन गरि उनीहरुको घरदैलोमै सुविधा प्रदान गर्ने गरि सप्ताह मनाउने निर्णय गरेको हो।

माघ २ गतेदेखी प्रदेशको आठ वटै जिल्लामा शिविर संचालन गरिने र उक्त शिविरमा शिक्षा विमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निशुल्क औषधी वितरणसहितका कार्यक्रम समेत गरिने जनाइएको छ । माघ २ गतेदेखी शुरु हुने छोरी विमा सप्ताह सबै स्थानीय तहमा पुगि सम्पन्न हुने छन्।

यस अभियानले विभिन्न कारण विमा गराउन नसकेका छोरीहरुलाई समेटिदै पछिल्लो एकवर्ष भित्र जन्मेका छोरीहरुको विमा शतप्रतिशत पु¥याउने लक्ष्य लिइएको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-12-27 11:13:49

प्रतिकृया दिनुहोस्