तिवारी हत्याकाण्डः अशरफ र मोइनुद्दीनविरुद्ध मुद्दा दायर

हिन्दू समाज पार्टीका नेता कमलेश तिवारी हत्याकाण्डमा उत्तर प्रदेश प्रहरीले १३ जनाविरूद्ध अभियोग दर्ता गरेको छ। आरोपितमध्ये अशरफ र मोइनुद्दीनलाई हत्याको अभियोग लगाइएको प्रहरीले जानकारी दिएको छ।

दुबैलाई हत्याको लागि मुद्दा दायर गरिएको प्रहरी स्रोतले बताएको छ। हत्यामा संलग्न अन्य आरोपीलाई आईपीसीको अन्य धारा अनुसार मुद्दा चलाइनेछ। 

हिन्दूवादी संगठनका नेता तिवारीको गत १८ अक्टोवरमा हत्या गरिएको थियो। तिवारीको हत्या लगतै फरार रहेका अशरफ र मोइनुद्दीनलाई गुजरात–राजस्थान सीमाबाट पक्राउ गरिएको थियो।

प्रकाशित मिति: : 2019-12-26 00:58:00

प्रतिकृया दिनुहोस्