नेपालकी रसिला तामाङलाई चीनमा स्वर्ण 

मंगलबार भएको ५० किलोमिटरको यो स्पर्धामा उनले निर्धारित दूरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्।  

रसिला तामाङ

नेपालकी रसिला तामाङले चीनमा आयोजना भएको जियाओजी माउन्टेन क्रसिङ प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्। 

मंगलबार भएको ५० किलोमिटरको यो स्पर्धामा उनले निर्धारित दूरी ८ घण्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरिन्।  

धादिङको धुनीबेसी नगरपालिका–२ घर भएकी २० वर्षीया रसिला ट्रेल रेसकी उद्यमान धाविका हुन्। प्रतियोगितामा ३ सय ५० जनाले भाग लिएका थिए। रसिलाले नेपालमा आयोजना भएको एभरेस्ट म्याराथनमा पनि पहिलो स्थान हासिल गरेकी थिइन। 

यही स्पर्धाअन्तर्गत पुरुषतर्फ दुर्गराज बुढा दोस्रो र दामोदर बुढा तेस्रो भए।  दुर्गराजले स्वर्णबाट केही सेकेन्डले मात्र चुके। उनले ६ घन्टा ४६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए। पहिलो भएका चीनका याङ लुक फेइले ६ घन्टा ४६ मिनेट ४१ सेकेन्डमा दौड पुरा गरेका थिए। दामोदरले ७ घन्टा ८ मिनेट २१ सेकेन्डमा रेस पुरा गरे।

प्रकाशित मिति: : 2019-12-25 21:11:35

प्रतिकृया दिनुहोस्