अमेरिकामा जाने भए फुडस्ट्याम्प खाएर बस्नेका दिन

ठूलो संख्यामा भुट्निज नेपाली र केही संख्यामा नेपाली पनि प्रभावित

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकामा कामै नगरी फुड स्ट्याम्प खाएर बाँच्ने 'बेरोजगार' युवाका दिन जाने भएका छन् ।

अमेरिकी सरकारले आगामी अप्रिल १ देखि फुड स्ट्याम्पमा कडाइ गर्ने नयाँ प्रावधान ल्याउन लागेपछि यस्तो परिस्थिति सिर्जना हुन लागेको हो।

नयाँ प्रावधानअनुसार १८ वर्षदेखि ४९ वर्षका बेरोजगारले यो सुविधा पाउँन पछिल्लो तीन वर्षमा कम्तीमा पनि तीन महिना साताको २० घण्टा काम गरेकै हुनुपर्नेछ ।

यो प्रावधान पूरा गरेर फुडस्ट्याम्प सुविधा लिने बेरोजगारहरू अमेरिकामा विरलै पाइन्छन् ।

नयाँ प्रावधानबाट कम्तिमा पनि ६ लाख ८० हजार बेरोजगारको सेवा काटिने छ । यसबाट सरकारले  सन् २०२० मा मात्र पाँच विलियन डलर बचाउने प्रक्षेपण गरेको छ।

नयाँ प्रावधानअनुसार अमेरिकामा  १८ वर्षदेखि ४९ वर्षका बेरोजगारले फुडस्ट्याम्प सुविधा पाउँन  मुस्किल हुने छ। यो सुविधा पाउँन अब पछिल्लो तीन वर्षमा कम्तीमा पनि तीन महिना साताको २० घण्टा काम गरेकै हुनुपर्ने छ ।

नयाँ प्रावधानबाट क्यालिफोर्निया, इलिनोय, न्युयोर्क, ओहायो, टेनेसी, मिचिगनजस्ता राज्य बढी प्रभावित हुने छन् ।

फुडस्ट्याम्प अमेरिकाको कृषि मन्त्रालयले  वेरोजगारलाई दिने खाद्य सुविधा कार्यक्रम हो। यस कार्यक्रमबाट अमेरिकामा पुनर्वासित भुट्निज नेपाली समुदाय पनि लाभान्वित भएको थियो। नयाँ प्रावधान आएपछि उनीहरू  प्रभावित हुने बताइएको छ। यसबाट केही मात्रामा नेपाली समुदाय पनि प्रभावित हुने छ। 

अमेरिकामा काम नै नगरी बसी बसी खाने वा नगदमा काम गरेर बेरोजगार देखाएर फाइदा लिने प्रवृतिमा अंकुश लाग्ने बताइएको छ। 

प्रकाशित मिति: : 2019-12-25 20:09:14

प्रतिकृया दिनुहोस्