नयाँदिल्लीका दुई कारखानामा आगलागी

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ।

नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

एउटा कारखानामा मध्यरातमै आगलागी भएको र अर्को कारखानामा बिहान सबेरै भएको उनीहरुले जनाएका छन्। आगलागीमा परी सर्वसाधारणाको मृत्यु भएको विवरण नआएको अधिकारीहरुले बताएका छन्।

तर आगलागी नियन्त्रण गर्न खटिएका मध्ये तीन अग्नि नियन्त्रकहरु भने घाइते भएका समाचारमा जनाइएको छ। नयाँ दिल्लीमा पछिल्लो समय आगलागीका घटना निरन्तर हुदै आएका छन्।  गत सोमबार पनि कम्तीमा नौ जनाको ज्यान जानेगरी आगलागी भएको थियो।

यही महिनाको सुरुमा भएको अर्को आगलागीको घटनामा परी अरु ४३ जनाको मृत्यु भएको थियो। दुवै घटनामा परी केही घाइते भएका छन् भने लाखौँको क्षति भएको छ। सुरक्षा  व्यवस्थामा कमी भएको कारण यसप्रकार आगलागी हुने गरेको सम्बन्धित अधिकारीहरुको भनाई रहेको छ।  

प्रकाशित मिति: : 2019-12-25 06:03:07

प्रतिकृया दिनुहोस्