पर्सामा आगलागी हुँदा लाखौंको क्षति

पर्साको विभिन्न स्थानमा मंगलबार आगलागी हुँदा लाखौंको क्षति भएको छ। पर्साको छिपहरमाई गाँउपालिका वडा नम्बर १, मिर्जापुरमा स्थानीय रन्जित महतो कोईरी र कालिकामाई गाँउपालिका वडा नम्बर ३ हरिहरपुर, बिर्तामा स्थानीय राजेश गोढको घरमा आगलगी हुँदा ८ लाख मुल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

आगलगीबाट कोईरीको घरमा रहेको ना ६२ प ६२५३ नम्बरको मोटरसाईकल, बीआर २२ के ९५३२ नम्बरको भारतीय मोटरसाइकल, धान, चामल जलेर नष्ट हुँदा ८ लाख मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। आगोलाई पोखरियाको वारुणयन्त्र, स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यसैबीच ड्राईपोर्टदेखि परवानीपुर जाने बाईपास जाने सडक निमार्णको लागि राखेको अलकत्रामा आगलागी भएको छ। आगलागीबाट लाखौको अलकत्रा जलेर नष्ट भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित मिति: : 2019-12-25 05:06:26

प्रतिकृया दिनुहोस्