ज्याकेटभित्र १५ करोडको कोकिन, सात दिनदेखि लाजिम्पाटको लस्ट गार्डेन होटलमा तस्करको बास

सविन ढकाल

काठमाडौं

शनिवार राति लागूऔषध नियन्त्रण ब्युरोको टोलीले ठूलो मात्रामा अवैध लागूऔषधसहित चार जना विदेशी नागरिकलाई नियन्त्रणमा लिन सफल भयो। उनीहरुको साथबाट ब्युरोको टोलीले ६ किलो कोकिन बरामद् गरेको थियो। ६ किलो कोकिनको अन्तरार्ष्ट्रिय बजार मूल्य १५ करोड रुपैयाँभन्दा बढी पर्न आउँछ।

देशको एकमात्र अन्तरार्ष्ट्रिय विमानस्थलको सुरक्षा घेरा तोडेर कसरी भित्रियो कोकिन?

गत मंसिर २८ गते (२०१७ डिसेम्बर१४) नै भारत हुँदै नेपाल कोकिन भित्रिएको थियो। बोलिभियन नागरिक रोबर्टो कार्लोस मेरुबिया मारियास र राउल जम्ब्रोना ओर्डोनेज ब्राजिलको सारपाउलोबाट कोकिन ल्याएको प्रहरीको अनुसन्धानमा खुलेको छ। मंसिर २७ गते उनीहरु इथोपिया हानिए। त्यसपछि अर्को ट्रान्जिट बनाए भारतलाई। २८ गते उनीहरु भारत आइपुगे। त्यसपछि सिधै नेपाल।

प्रकाशित मिति: : 2019-12-23 20:55:18

प्रतिकृया दिनुहोस्