घर एकातिर सानो टुक्रा जग्गा अर्कोतिर।
खेतबारीमा पुग्न दैनिक तीन घन्टा लाग्छ।
‘खेतमा काम गन ऊ पारिको गाउँ पुग्नुपर्छ,’ औंलाको इशाराले पुरानो बस्ती रहेको गाउँ देखाउँदै भूकम्पपीडित भीमबहादुर लोप्चनले भने, ‘खेतबारीमा काम नगरी खान पुग्दैन, यो घर खान–सुत्नका लागि मात्रै हो। वारिपारि गर्दै दिन बित्छ।’