महाभियोग पक्षपातपूर्ण रहेको रिपब्लिकन दलको दाबी

बिएल संवाददाता

काठमाडाैं,Dec 22, 2019

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन्। 
 
सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन्। उनले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भनेका छन्। साथै उनले यस कार्यलाई विपक्षीहरुले गरेको एउटा अनुचित काम भएको पनि भनेको पनि समाचारमा उल्लेख गरिएको छ। 
 
तल्लो सदन प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीले नेतृत्व गरेको छ। तल्लो सदन प्रतिनिधि सभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्षपातपूर्ण रुपमा तथा आक्रोशमा आएर यस्तो काम गरेको बताए। उनले अहिले यसरी राष्ट्रपतिका विरुद्धमा आक्रोस पोख्दा यस्ता कार्यले भविष्यका लागि पनि राम्रो नगर्ने बताए। तर डेमाक्र्याटका नेताहरुले भने राष्ट्रपतिका विरुद्धको यस महाभियोगको कदमको बचाउ गरिरहेका छन्।
 
उता रिपब्लिकनका अरु पनि केही नेताहरुले अमेरिकका प्रजातान्त्रिक संस्थाहरूमा नै यस कदमले आगामी दिनमा क्षति पु¥याउन सक्ने जानकारी पनि गराएका प्राप्त समाचारमा जनाइएको छ।तर यो महाअभियोग सफल नहुने राष्ट्रपति ट्रम्पले बताउदै आएका छन्। उनको यो अभियोग अब त्यसबारेको सुनुवाइको सामनाका लागि माथिल्लो सदनमा जानेछ।

सिनेटमा रिपब्लिकनहरूको बाहुल्यता रहेको छ। यस कारण पनि राष्ट्रपति ट्रम्पलाई  शक्तिबाट हटाइन सक्ने कुनै पनि सम्भावना देखिँदैन।
तर अमेरिकाको इतिहासमा सिनेटमा यस्तो अभियोगको सुनुवाइको सामना गर्नेमा राष्ट्रपति  ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन्। उनले यस प्रक्रियालाई आफ्ना विरुद्धमा गरिएको एक किसिमको ठूलो छलकपट हो भनेका छन्। 

प्रकाशित मिति: : 2019-12-23 04:30:45

प्रतिकृया दिनुहोस्