मलेसियाका प्रधानमन्त्रीले गरे भारतीय नागरिकता कानूनको आलोचना

बिएल संवाददाता

मुम्बाई,Dec 22, 2019

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतीय नागरिकता कानूनको आलोचना गरेका छन्। प्रधानमन्त्री महाथिरले भारतमा मुस्लिम आप्रवासीहरूलाई समावेश नगरी नयाँ नागरिकता सम्बन्धी ल्याइएको कानूनको आलोचना गरेका हुन्।

राजधानी क्वालालम्पुरमा शनिवार सम्पन्न भएको इस्लामिक शिखर सम्मेलनपछि प्रधानमन्त्री महाथिरले भारत धर्मनिरपेक्ष राज्य भएको र जनतालाई धर्मको नाममा नागरिकता पाउनबाट बन्चित गर्न नहुने बताए। मुसलमानहरुलाई नागरिक बन्नबाट रोक्ने गरि ल्याइएको कानून प्रक्रिया मलाई अनुचित लाग्छ। उनले भने।

संसदले डिसेम्बर ११ मा कानून पारित गरेदेखि प्रहरी र प्रदर्शनकारीहरूबीचको झगडामा कम्तिमा १७ जनाभन्दा बढि मानिसको मृत्यु भएको छ। नरेन्द्र मोदी सरकारले ल्याएको कानून भारतीय धर्मनिरपेक्ष संविधानलाई कमजोर पार्ने किसिमले आएको चौर्तफी आलोचना भइरहेको छ।

प्रकाशित मिति: : 2019-12-23 03:52:00

प्रतिकृया दिनुहोस्