राष्ट्रिय गौरवका आयोजना नाममा, सधैँ पछौटे काममा

सरकारले राष्ट्रिय गौरवको आयोजना भनेर वर्गीकरण गरिएका आयोजनालाई काम गर्न सजिलो विधि निर्माण गरिदिएको छ । तर, सरकारले निर्धारण गरिदिएको कामको कुरै छाडौँ, सडक आयोजना आफैँले गर्छु भनेर घोषणा गरेको काम पनि सम्पन्न गर्न सकेका छैनन् । सरकारले घोषणा गरेको मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, उत्तर –दक्षिण जोड्ने कोसी करिडोर, कालीगण्डकी करिडोर, कर्णाली करिडोर र काठमाडौं तराई फास्ट ट्रयाककमध्ये पहिलो चौमासिक प्रगति विवरणमा कुनै पनि आयोजनाले आफ्नो भोैतिक लक्ष्य पूरा गर्न सकेका छैनन् ।   

आयोजनामध्ये पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म) अवधिमा सबैभन्दा धेरै हुलाकी राजमार्गको वित्तीय प्रगति भएको छ । यो आयोजनामा विनियोजित बजेटको ९५ प्रतिशत खर्च भयो। त्यसपछि कर्णाली करिडोरमा ९२ प्रतिशत खर्च भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको प्रगति प्रतिवदेनमा उल्लेख छ । 

सबैभन्दा न्यून वित्तीय प्रगति गर्नेमा उत्तर– दक्षिण जोड्ने कोसी करिडोर पर्छ । यस आयोजनामा पहिलो चौमासिक अवधिका लागि २५ करोड ४० लाख रुपैयाँ खर्च गर्नुपर्ने लक्ष्यमा ४ करोड ६ लाख रुपैयाँ मात्र खर्च भयो । यो लक्ष्यको १६ प्रतिशत मात्रै हो । त्यस्तै, कालीगण्डकी करिडोर र काठमाडौं तराई फास्ट ट्रयाकमा पनि क्रमशः ५६ र ६१ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ । राष्ट्रिय गौरवका ६ सडक आयोजनाको ०७६/७७ को पहिलो चौमासिकमा भएको प्रगति विवरणको संक्षेपः

 

प्रकाशित मिति: : 2019-12-23 00:46:46

प्रतिकृया दिनुहोस्