नुवाकोटको मूलथलामा मिनीट्रक दुर्घटना: २ को मृत्यु, ५ घाइते

बिएल संवाददाता

नुवाकोट,Dec 22, 2019

नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन्।

खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ। 

दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ।

घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

सडकबाट तल खसेको ट्रक क्षतविक्षत भएको छ।

प्रकाशित मिति: : 2019-12-23 00:33:53

प्रतिकृया दिनुहोस्