चोरीको मोटरसाइकलसहित ५ जना पक्राउ

बिएल संवाददाता

वीरगन्ज,पुस ५

पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित ५ जनालाई नियन्त्रणमा लिएको छ।

वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट मोटरसाइकल चोर्ने गर्ने क्रममा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका-६ सखुवाहाका २३ वर्षिय देवराज चौधरी, वडा नं-५ का मलहनियाका १८ वर्षिय आशा चौधरी, करैयामाई गाँउपालिका-५ ठोरियाहीका २० वर्षिय राकेश चौधरी र २० वर्षिय दिपक चौधरीलाई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

पक्राउ परेकाहरुको साथबाट मोटरसाइकल चोरीमा प्रयोग गर्ने मास्टर साँचो १ थान र प्लक २ थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2019-12-22 07:01:58

प्रतिकृया दिनुहोस्