अमेरिकामा श्रृङ्खलावद्ध साइबर आक्रमण, न्यूअर्लियन्समा संकटकाल

साइबर आक्रमणकारीको निशानामा अमेरिका । एक प्रतिकात्मक तस्बिर : एजेन्सी ।

विश्वका एक मात्र महाशक्ति राष्ट्र अमेरिकाका सहरहरू एकपछि अर्को गरेर साइबर आक्रमणको शिकार बन्दैछन्।गत साता फ्लोरिडाको पेन्साकोलाबाट सुरू भएको साइबर आक्रमण लुजियानाको न्यु अर्लियन्स पुगेको छ। शुक्रबार त्यहाँ भएको साइबर आक्रमणका कारण स्थानीय नगरका मेयरले संकटकाल घोषणा गरिदिएका छन्।

मेयर लातयोया क्यान्ट्रेलका अनुसार विहान सबेरै नगरको डाटाबेस ह्याक गरी सारा सूचनामाथि कब्जा जमाइएको थियो । उनले भने, 'धन्य प्रहरीको ९/११ नम्बर भने बचेको थियो।'

अमेरिकामाथि यस किसिमका आक्रमण निरन्तर भैरहेका छन्। र, आक्रमणकारहरूले के बुझेका छन् भने अमेरिकालाई तह लगाउने र ऊसँग बदला लिने सजिलो उपाय नै यही हो।

डाटाबेस बचाउन राज्य र संघीय सूचनाविद्हरूको सहयोग लिइएको छ। प्राप्त पछिल्लो समाचारअनुसार डाटाबेस बचाउन धेरै हदसम्म सफलता मिलेको छ।

आजको विश्व सूचना प्रविधिमा आधारित छ। त्यसमा पनि अमेरिकाको त कुरै भएन । जब सूचना प्रविधिमाथि आक्रमण हुन्छ, सारा जनजीवन नै अस्तव्यस्त हुन्छ। 

अमेरिकामाथि यस किसिमका आक्रमण निरन्तर भैरहेका छन्। र, आक्रमणकारहरूले के बुझेका छन् भने अमेरिकालाई तह लगाउने र ऊसँग बदला लिने सजिलो उपाय नै यही हो।

प्रकाशित मिति: : 2019-12-14 10:59:45

प्रतिकृया दिनुहोस्