ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव सार्वजनिक, ट्रम्प भन्छन्, 'पागलपन'

महाअभियोग हो, खेलाची त हैन नि, त्यसैले ट्रम्पको चिन्ता बढेकै छ । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि औपचारिक रूपमा महाअभियोगका प्रस्ताव तयार भएका छन् । 

प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको न्यायिक समितिले तयार पारेको छ । संसदको अर्को एक समितिले गरेको लामो अनुसन्धान प्रतिवेदनका आधारमा न्यायिक समितिले अभियोगपत्र तयार पारेको हो ।

अभियोगपत्रमा ट्रम्पमाथि मूलत: पाँचवटा अभियोग लगाइएका छन् । 

ती अभियोगहरूमा शक्तिको दुरुपयोग, संसद्को गतिविधिमा बाधा, राष्ट्रपतिको सपथको अवज्ञा, कानूनमाथि आफूलाई राखेर संजिधानको उलंघन र सन् २०२० को राष्ट्रपतीय चुनावको निष्ठामाथि नै प्रश्नचिन्ह लगाएको भन्ने रहेका छन् । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि औपचारिक रूपमा महाअभियोगका प्रस्ताव तयार भएका छन् । 

प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सको न्यायिक समितिले तयार पारेको छ । संसदको अर्को एक समितिले गरेको लामो अनुसन्धान प्रतिवेदनका आधारमा न्यायिक समितिले अभियोगपत्र तयार पारेको हो ।

अभियोगपत्रमा ट्रम्पमाथि मूलत: पाँचवटा अभियोग लगाइएका छन् । ती अभियोगमा शक्तिको दुरुपयोग, संसद्को गतिविधिमा बाधा, राष्ट्रपतिको सपथको अवज्ञा, कानूनमाथि आफूलाई राखेर संजिधानको उलंघन र सन् २०२० को राष्ट्रपतीय चुनावको निष्ठामाथि नै प्रश्नचिन्ह रहेका छन् । 

अभियोगपत्रका सबै अभियोग एक एक गरेर पारित गराएर संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्समा मतदानमा लैजाने बताइएको छ।

यो प्रक्रिया पूरा गरेर यस वर्षका क्रिसमसमा राष्ट्रपति ट्रम्पलाई महाअभियोग उपहार दिने योजना तल्लो सदनमा बहुमतमा रहेको डेमोक्रेटिक पार्टीले गरिरहेको अनुमान गरिएको छ ।

यसैबीच राष्ट्रपति ट्रम्पले अभियोगपत्रलाई पागलपन भन्दै ठाडै अस्विकार गरेका छन्। उनले महाअभियोग प्रक्रियालाई नै असहयोग गर्ने पनि बताएका छन् ।    

प्रकाशित मिति: : 2019-12-11 08:52:07

प्रतिकृया दिनुहोस्