न्युयोर्कको ज्याक्सनहाइटसमा दुई नेपालीमाथि छुरा प्रहार

घटनापछि आक्रमणकारीको खोजी गर्दै प्रहरी, इन्सेटमा घाइते नवाङ (दायाँ) र पेम्बा (बाँया) । तस्बिर : एजेन्सी

अमेरिकाको मिनी नेपाल भनेर चिनिने न्युयोर्कको ज्याक्सन हाइटमा दुई नेपाली युवामाथि छुरी प्रहार भएको छ । छुरा प्रहारबाट घाइते हुनेमा सोलुखुम्बुका पेम्बा शेर्पा र सिन्धुपाल्चोक हेलम्बुका ङवाङ पासाङ लामा हृयोल्मो रहेको बताइएको छ।

उनीहरूमाथि शुक्रबार मध्यरातमा एक बंगाली युवाहरूको समूहले आक्रमण गरेको उनीहरूले बताएका छन्। 

कहिलै ननिदाउने न्युयोर्कमा उनीहरू मध्यराति नेपालीले सञ्चालन गरेको दिल्लीहाइट्सबाट खाना खाएर निस्कदै गर्दा झगडा गरिरहेको स्थानीय वंगाली युवाहरूमध्ये केहीले के हेरेको भन्दै आक्रमण गरेको उनीहरूले बताएका छन्।

कुनै समय भातीयहरूको बाक्लो बसोबास रहेको ज्याक्सन हाइट्समा यतिबेला बंगालीहरूको घना बस्ती रहेको छ।उनीहरूको ठूलो आवादीसँगै अपराधिक गतिविधिमा पनि उनीहरू कुख्यात हुँदैएका छन्। 

स्थानीय एलमस्ट अस्पतालमा उपचार गराइरहेका उनीहरूमध्ये पेम्बाको मृगौला नै खराव हुने गरी आक्रमण गरिएको छ। स्थानीय केही नेपालीले घटनालाई ग्याङफाइट भने पनि त्यस्तो नभएको घाइते ङवाङले बताए।

स्थानीय प्रहरीले आक्रमणकारीहरू पक्राउ गरिसकिएको र घटनामाथि अनुसन्धान भैरहेको बताएको छ।

कुनै समय भातीयहरूको बाक्लो बसोबास रहेको ज्याक्सन हाइट्समा यतिबेला बंगालीहरूको घना बस्ती रहेको छ।उनीहरूको ठूलो आवादीसँगै अपराधिक गतिविधिमा पनि उनीहरू कुख्यात हुँदैएका छन्। 

प्रकाशित मिति: : 2019-12-10 10:23:41

प्रतिकृया दिनुहोस्