ट्रम्पलाई ट्विटरको झड्का : सबै राजनीतिक विज्ञापनमा प्रतिवन्ध

अब नचल्ने भयो ट्विटरले सन् २०२० को चुनाव ।एक प्रतिकात्मक तस्बिर ।

सामाजिक सञ्जाल ट्विटरले सबै राजनीतिक विज्ञापनमा प्रतिवन्ध लगाउने निर्णय गरेर अमेरिकी राष्ट्रपति ट्रम्पलाई गम्भीर झड्का दिएको छ । 

ट्विटरले संसार चलाइरहेका ट्रम्पका लागि ट्विटर प्रभावकारी चुनावी हतियार रहदै आएको थियो, अब त्यस्तो नहुने भएको छ ।

ट्विटर सीईओ ज्याक डोर्सीले ट्विट गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले इन्टरनेट विज्ञापन व्यापारिक विज्ञापनदाताका लागि प्रभावकारी भए पनि राजनीतिक विज्ञापनका लागि जोखिमपूर्ण हुन सक्ने बताउँदै ट्विटरले यस्तो निर्णय गरेको बताएका छन् ।

डोर्सीले यसको विस्तृत जानकारी आगामी नोभेम्बरमा दिने बताउँदै यसबाट कम्पनीले तत्कालका लागि आम्दानी गुमाउने भए पनि ट्विटरलाई दुरूपयोग हुनबाट बचाउने योभन्दा राम्रो निर्णय अरू नहुने पनि बताए ।

प्रतिकृया दिनुहोस्