अमेरिकामा आज भाइटीका : हात-निधार खालि नराख्न चेली-माइतीको जोहो

चेलीको हात र माइतीको निधार : भाइटीका । एक प्रतिकात्मक तस्बिर

मातृभूमि नेपालले भाइटीका लगाएर यो वर्षको तिहार बिदा गरिरहेको बेला यता अमेरिकाको नेपाली डायस्पोरा भने भाइटीकाका लागि तयार हुदैछ ।

आज अक्टोबर २९, मंगलबार । यस वर्षको तिहारको भाइटीका ।

अमेरिकाका विभिन्न राज्य र सहरमा बसोबास गरिरहेका नेपालीहरू आफ्ना चेली-माइती हुनेले आफ्नैसँग र नहुनेले पनि हात र निधार खालि बनाउनु हुदैन भनेर, चेली-माइतीको जोहो गरिसकेका छन् । 

नेपाल र नेपालीको आधिकारिक पञ्चाङ निर्णायक समितिले यस वर्षको तिहारको भाइटिकाको उत्तम साइत आजकै दिन विहान ११ बजेर ५५ मिनेटमा निकालेको छ । समितिका अध्यक्षले दिनभर नै साइत नै साइत भएको पनि बताएका छन् ।

उत्तम साइतमा भाइटीका लगाउन पाउने भाग्यमानी अमेरिकामा विरलै हुन्छन् । चेली माइतीको कामको अनुकुलता मिलाएर भाइटीका लगाउनुपर्ने हुन्छ । सप्ताहान्त नपरेकाले थोरैले मिलाएर विदा लिनसके पनि धेरैका लागि त्यो सम्भव छैन । त्यसैले आठघण्टे काम सकेर मिलेको फुर्सद मिलाएर टीका लगाउनुपर्ने अवस्था छ ।

यसैबीच अर्को एक अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति नामको समितिले पहिला नोभेम्बर २९ मा भाइटीका भनेर सूचना जारी गरेको भ्रम सिर्जना गरे पनि त्यसलाई सच्चाएर अक्टोबर २९ मै भाइटीकाको साइत निकालेको छ । त्यसले दशैंको टीकाको साइत एक दिन अगाडि नै निकालेर अमेरिकाको नेपाली डायस्पोरामा विवाद ल्याए पनि यसपालि भने दिन फरक नपारेर केही घण्टा  र मिनेट फरक पारेर अमेरिकाका विभिन्न सहरका लागि भिन्नाभिन्नै उत्तम साइत निकालेको छ ।

हातका औलामा गन्न सकिने केहीले त्यो साइत पछ्याए पनि अमेरिकामा रहेका लगभग सबै नेपाली नेपालकै साइत अनुसार ११: ५५ बजे नै भाइटीकाको उत्तम साइत मान्छन् । यही उत्तम साइतमा भाइटीका लगाउन पाउने भाग्यमानी अमेरिकामा विरलै हुन्छन् । चेली माइतीको कामको अनुकुलता मिलाएर भाइटीका लगाउनुपर्ने हुन्छ । सप्ताहान्त नपरेकाले थोरैले मिलाएर विदा लिनसके पनि धेरैका लागि त्यो सम्भव छैन । त्यसैले आठघण्टे काम सकेर मिलेको फुर्सद मिलाएर टीका लगाउनुपर्ने अवस्था छ ।

नेपालीहरूको बाक्लो उपस्थिति रहेका केही सहरमा देउसी, भैलो मात्र खेलिएको छैन,  सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएका छन् । गायक रामकृष्ण ढकाल त्यही क्रममा अमेरिकाकै दशैं तिहार सांस्कृतिक टुरमा छन् । अमेरिकामा नेपाली गायक तथा कलाकारको बाक्लो उपस्थिति भएकाले चाडबाडमा रमाइलो गराउन यहीकै कलाकार पर्याप्त छन् । 

 

 

 

प्रकाशित मिति: : 2019-10-29 19:09:44

प्रतिकृया दिनुहोस्