अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा

Photo: Etienne Laurent/EPA, via Shutterstock

अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् ।

क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको छ । यो आगो सोमबार लस एन्जेलिसभन्दा लगभग ६५ किलोमिटर टाढा सेन्टा क्लेरिटामा लागेको थियो ।

नेशनल वेदर सर्भिसको पूर्वानुमान अनुसार आइतबारसम्म हावाको गती तीब्र हुनसक्छ । यसअघि उत्तरी क्लालिफोर्नियाको वाइन कन्ट्रीमा पनि बुधबार जंगली झाडीमा आगो सल्किएको थियो । पछि यो आगो १६ हजार एकडमा फैलिएको थियो जसका कारण दुई हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो ।

नेवसोमले भने, ‘म राज्यको संविधानअनुसार प्राप्त अधिकारको उपयोग गर्दै लस एन्जिल्स तथा सोनोमा क्षेत्रमा आगलागीको खतरालाई मध्यनजर गर्दै संकटकालको घोषणा गर्छु ।’ अहिलेसम्म पाँच सय घर जलिसकेका छन् । थुप्रै क्षतीग्रस्त भइसकेका छन् ।

प्रकाशित मिति: : 2019-10-26 10:29:34

प्रतिकृया दिनुहोस्