ट्रम्पद्वारा न्युयोर्क टाइम्स, वासिंटन पोष्ट नकिन्न 'आदेश' , ह्वाइट हाउसले गर्यो पुष्टी

ट्रम्पले चिताए कि बिताए : दी न्युयोर्क टाइम्स, दी वासिंटन पोष्टविरूद्ध संघीय नाकाबन्दी ? तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दी न्युयोर्क टाइम्स र दी वासिंटन पोष्टको ग्राहक सदस्यता नवीकरण नगर्न संघीय निकायलाई आन्तरिक निर्देशन जारी गरेका छन् ।

उनीप्रति आलोचनात्मक रहदै आएका अमेरिकाका यी दुई अग्रणी दैनिक ब्रोडसिटले फेक न्युज छाप्दै आएको आरोप लगाउँदै उनले यस्तो आदेश दिएका हुन् । 

ट्रम्पको यो आदेशपछि अमेरिकाका कुनै पनि संघीय कार्यालयले यी दुई दैनिकको सदस्यता नवीकरण गर्न पाउने छैनन् । 

यसबाट यी दुई पत्रिकाले लाखौं ग्राहक र करोडौं पाठक गुमाउने छन् । 

यो निर्णयको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी स्टफेनी ग्रिसमले पुष्टी गरेकी छिन् । तर, उनले खर्च कटौती गर्न यसो गरिएको दाबी गरेकी छिन् । उनले यसो गर्दा करदाताको लाखौं डलर वचत हुने र त्य अन्य उपयोगी काममा उपयोग गर्न सकिने तर्क गरेकी छिन् । 

यसअघि राष्ट्रपति ट्म्पले सोमबार फक्स न्युजलाई अन्तर्वार्ता दिदै राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसभित्र न्युयोर्क टाइम्स नचाहिएको र वासिंटन पोष्टको ग्राहक सदस्यता पनि खारेज गर्ने ट्रायलबलुन गरेका थिए ।  

प्रकाशित मिति: : 2019-10-25 09:39:01

प्रतिकृया दिनुहोस्