अमेरिकामा अण्डरकभर एफबीआई एजेन्टको फन्दामा फसे अर्का एक नेपाली

नेपाली भनेर के गर्नु र ? यस्तो कुरा गरेर क्यारेक्टर ढिला गरेपछि .... एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

अमेरिकामा आएका नेपालीमा यौन विचलनका घटना नौला हैनन् । खाससगरी साइबर सेक्समा रमाउँदै आएका यहाँका नेपाली अण्डरकभर एफवीआईको फन्दामा पर्दैआएका छन् ।

त्यही क्रममा फ्लोरिडाको ज्याक्सनभिलका २९ बर्षीय एक नेपाली सञ्जय लामा पक्राउ परेका छन् । उनी एक १२ बर्षकी बालिकासँग साइबर च्याट गर्दै यौन सम्बन्धका लागि भेट्न तयार भएपछि पक्राउ परेका हुन् ।

उनी आफूले च्याट गरिरहेकी बालिका १२ वर्षकी थाहा पाएर पनि मोटरसाइकल चढेर भेट्न निस्केका थिए । त्यही क्रममा उनी पक्राउ परे ।

वास्तवमा सेप्टेम्बर २५ मा उनीसँग कुरा गर्ने १२ वर्षे वालिका नभएर एक अण्डरकभर एफबीआई एजेन्ट थिए । उनले युसी नाममा अवेसम ज्याकसँग कुरा गरेकका थिए । अवेसम ज्याक अरू कोही नभएर सञ्जय लामा थिए । 

आफूलाई १२ बर्षकी बालिकाको भेषमा एफबीआईका एजेण्टले लामासँग अनलाइनमा कुराकानी गरेका थिए । लामाले अवेसम ज्याक लामाको एकाउण्टबाट कुराकानी गरेका थिए । त्यसदिनको कुराकानीमा लामाले बालिकाको भेषमा रहेका अण्डरकभर एजेण्टसँग आफू बालिकासँग यौन सम्बन्धका लागि इच्छुक रहेको बताएका थिए ।

अमेरिकी सरकारले सन् २००६ देखि नक्कली एकाउण्ट बनाएर बालबालिकासँग यौन सम्बन्ध राख्न चाहनेलाई कारवाही गर्दै आएको छ । यसअन्तर्गत १० बर्षको जेल सजाय हुनसक्ने प्रावधान राखिएको छ ।

लामा अहिले प्रहरी हिरसातमा छ । उनीमाथि नावालिगमाथि सेक्सुअल ह्यारेसको आरोप लगाइएको छ । र, आरोप प्रमाणित भएमा उनलाई १० वर्षसम्मको सजाय हुने बताइएको छ । 

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले लामाले अवेसम ज्याकको नामले युसीसँग गरेको च्याटको पूर्व विवरण समेत सार्वजनिक गरेको छ । 

प्रकाशित मिति: : 2019-10-21 06:54:10

प्रतिकृया दिनुहोस्