एनआरएनए आईसीसीलाई एनआरएनए अमेरिका र अगुवाले एक करोड ३७ लाख तिर्न बाँकि !

यो हो एनआरएनए आईसीसीको बहिखाता । तथ्यांक सौजन्य : एनआरएनए आईसीसी वेभसाइट ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समितिलाई ऋणमा डुबाउन एनआरएन अमेरिका र नेम्रिकाने एनआरएनहरूको पनि ठूलो भूमिका भेटिएको छ । एनआरएनएको आधिकारिक वेभसाइटमा 'पोष्ट ड्यू' शीर्षकमा एउटा लम्बेतान बहिखाता भेटिन्छ । बहिखाताअनुसार एनआरएन अमेरिकासहित १८ जना नेम्रिकाने एनआरएनले लाखौै तिर्न बाँकि देखिएको छ ।

सूचीको रोल नम्बर १ मा सोनाम लामाको नाम छ । यसअघि अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक रहेका उनको नाममा पाँच लाख र दुईलाख ५० हजार गरी सात लाख ५० हजार बक्यौता देखिन्छ । उनले पाँच लाख एनआरएन उद्यानका लागि दुइलाख ५० हजार बाढी पीडितका लागि दिने घोषणा गरेर पनि अझै तिरेका छैनन् । अर्बपति सोनाम यसअघि उपाध्यक्ष उठेर पराजित भएका थिए भने यसपटक पनि उपाध्यक्षमै उठेका छन् । यसअघि जमुना गुरूङको प्यानलबाट उठेका यसपाली प्यानल फेरेर कुमार पन्त प्यानलबाट उठेका छन् ।

आसामीको क्रमसंख्या २ मा एसी शर्पा रेहका छन् । यसअघि अमेरिकाज क्षेत्रका सहसंयोजक रहिसकेका शेर्पा यसपाली सहकोषाध्यका उम्मेद्वार रहेका छन् । अमेरिकाको सियाटल क्षेत्रका लागि नेपालका अवैतनिक वाणिज्यदूतसमेत रहेका उनको नाममा पाँचलाख ऋण छ । उनको यो ऋण वैदेशिक रोजगार कोषका लागि कबोल गरेका थिए । 

ठूला कुरा गर्ने तर त्यसअनुसारको व्यवहार नगर्ने भनेर बदनाम छ- एनआरएन अमेरिका । त्यसैको दशी-प्रमाण हो यो एनआरएनए आईसीसीको बहिखाता । यतिका रकम नतिरेर पनि फूर्ति लाउनु भनेको आफ्नै नैतिकतामाथि प्रश्नचिन्ह लगाउनु हो । 

यसैगरी क्रमसंख्या ३ र ४ मा यसअघि आइसीसी सदस्य रहेका सुनीता शर्मा र नारायण गुरूङ रहेका छन् । उनीहरू दुबैका नाममा एक एक लाख बक्यौता देखिन्छ । उनीहरू दुबै जनाले वैदेशिक रोजगार कोषका लागि दिन कबुल गरेको रकम नखिएको देखिन्छ ।

यो पनि पढ्नुहोस् 
कुरीकुरी 'अस्ट्रेलियन' एनआरएन : तिमीहरूबाट के सिक्ने नेपालले ?

ऋणीको क्रमसंख्या ५ मा रहेका छन् - नवीन शेरचन । एनआरएन आइसीसीको वर्तमान कार्यसमितिमा अमेरिकाज क्षेत्रका उपसंयोजक रहेका शरेचनका नाममा पनि वैदेशिक रोजगार कोषका लागि दिन कबुल गरेको एकलाख रकम बक्यौता देखिन्छ । त्यसैगरी सूचीको क्रमसंख्या ६ मा रहेका लोक तिवारीले दुई लाख र क्रमसूची ७ मा  रहेका टेक लामाले पनि एक लाख दिएका छैनन् । उनीहरू दुबैले वैदेशिक रोजगार कोषका लागि दिने कबुल गरेको रकम बक्यौतामा देखिएको हो । 

यसैगरी सूचीको क्रमसंख्या ८ मा एनआरएन अमेरिका रहेको छ । उसले नेपालमा गएको २०७२ सालको भूकम्पपीडितका लागि दिन कबुल गरेको सातलाख ८० हजार ८३ रूपैयाँ ६० पैसा अझै दिएको छैन । डा. केशव पौडेल पहिलो कार्यकालमा अध्यक्ष रहेकै बेला कबुल गरिएको यो रकम अझै बक्यौता रहेको हो । उनको दोस्रो काल सकियो तैपनि उनले त्यो तिर्नुपर्ने नैतिक दायित्व निर्वाह गरेनन् । अहिले उनै डा. पौडेल चारतारे कुल आचार्य प्यानलबाट उपाध्यक्षको उम्मेद्वार रहेका छन् । 

एनआरएन भवन निर्माणका लागि एनआरएन अमेरिकाले दिने भनेको ९७ लाख ८४ हजार पाँसय ८७ रूपैया ५० पैसाको कैफियतमा भने 4th MRRM Removed लेखिएको छ । यसको ठ्याक्कै अवस्था के हो भन्न नसकिए पनि यो रकम भने बुझाइसकिएको एनआरएन अमेरिकाका एक पूर्वअधिकारीले दाबी गरेका छन् । 

यसैगरी अर्का उपाध्यक्षका उम्मेद्वार सोनाम लामा नै संस्थापक रहेको मुस्ताङ किदुङ अमेरिकाले भूकम्पपीडितका लागि दिने भनेको ११ लाख ९५ हजार आठसय ९१ रूपैया ५६ पैसा पनि बक्यौता नै देखिन्छ । 

भवन निर्माणकै लागि दिने कबुल गरेका दिवाकर महर्जन र तेम्बा लामा पनि एनआरएनका आसामी छन् । लामाको नाममा दुईलाख ५० हजार र महजर्नका नाममा एक लाख बाँकि देखिन्छ । 

यसैगरी आइसीसी लेबी शुल्क बक्यौता राख्नेहरूको सूची पनि बहिखातामा छ । सूचीअनुसार भवन लेभी र आईसीसी सदस्य शुल्क चारहजार ९५ तिर्न बाँकि देखिन्छ । यो एनआरएन अमेरिकाकै जिम्मामा पर्छ । यहिी सूचीमा मुकेश सिंह, नारायण शर्मा, अमृत तुलाधर, मोहन थापा श्रृष्टि श्रेष्ठका नाममा पाँच-पाँसय बक्यौता रहेको देखिन्छ । 

सूचीको रोल नम्बर १ मा सोनाम लामाको नाम छ । यसअघि अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक रहेका उनको नाममा पाँच लाख र दुईलाख ५० हजार गरी सात लाख ५० हजार बक्यौता देखिन्छ । 

समग्रमा हेर्ने हो बहिखातामा एनआरएन उद्यानका लागि पाँच लाख, वैदेशिक रोजगार कोषका लागि ११ लाख, भूकम्पपीडितका लागि १९ लाख ७५ हजार नौसय ७५ रूपैयाँ १६ पैसा, एनआरएनएको भवनका लागि एक करोड एकलाख ३४ हजार पाँसय ८७ रूपैया ५० पैसा र आइसीसी लेभी/शुल्क ६ हजार पाँसय ९५ गरी एक करोड ३७ लाख १७ हजार एकसय ५७ रूपैया ६६ पैसा एनआरएन अमेरिका र नेम्रिकाने एनआरएनका नाममा बाँकि देखिन्छ । यदि भवन निमार्णका लागि उठाएको रकम ९७ लाख ८४ हजार पाँसय ८७ रूपैया ५० पैसा तिरेकै हो भने अझै ३९ लाख ३२ हजार पाँचसय ७० रूपैया १६ पैसा एनआरएन अमेरिका र मातहतकाले तिर्नुपर्ने हुन्छ ।

ठूला कुरा गर्ने तर त्यसअनुसारको व्यवहार नगर्ने भनेर बदनाम छ- एनआरएन अमेरिका । त्यसैको दशी-प्रमाण हो यो एनआरएनए आईसीसीको बहिखाता । यतिका रकम नतिरेर पनि फूर्ति लाउनु भनेको आफ्नै नैतिकतामाथि प्रश्नचिन्ह लगाउनु हो । यही प्रश्न चिन्ह लगाएर यतिबेला नेमिक्राने एनआरएनहरू हसिमजाकका पात्र बनिरहेका छन् । 

 

प्रकाशित मिति: : 2019-10-16 06:15:57

प्रतिकृया दिनुहोस्