राष्ट्रपति ट्रम्पका दुई दाता जर्मनीतिर भाग्दै गर्दा विमानस्थलमा पक्राउ

अमेरिकी राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति पेन्स र गुलीयानीसँग पावर ब्रोकरद्वय लेभ पार्नास र इगोर फ्रुम्यान । फाइल तस्बिर

अमेरिकी राष्ट्रपति ट्रम्पमा ठूला दाता र उनका वकील जुलियानीका दुई सहयोगी जर्मनीतिर भाग्दैगर्दा पक्राउ परेका छन् । लेभ पार्नास र इगोर फ्रुम्यान नाम गरेका ती दातालाई बुधबार राति वासिड्टनस्थित डलास अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनीहरू विमानस्थलतिर जानुअघि जुलियानीसँग दिवाभोजमा सहभागी भएका थिए ।

लेभ र इगोर युक्रेन कनेक्सनसँग जाडिएका दुई विवादास्पद दाता हुन् । उनीहरूले राष्ट्रपति ट्रम्पले स्थापना गरेको अमेरिका फस्ट एकसनलाई तीनलाख २५हजार अमेरिकी डलर चन्दा दिएका थिए । जीईका नामबाट यति धेरै चन्दा दिने को हुन् भनेर खोजी गर्दै जाँदा उनीहरू लेभ पार्नास र इगोर फ्रुम्यान रहेको पत्ता लागेको थियो । 

लेभ र इगोर : ट्रम्पका ठूला दाता, जुलियानीका सहयोगी

उनीहरूले टेक्सासमा एक रिपब्लिकन सांसदमार्फत् यु्क्रेनका लागि अमेरिकी राजदूत मेरी योभानोभिचलाई हटाउन दबाब दिएका थिए । त्यही सिलसिलामा उनीहरूले जुलियानीलाई भेटे ।  जुलियानीकै विरोधका कारण राष्ट्रपति ट्रम्पले राजदूत योभानोभिचलाई मेमा फिर्ता बोलाएका थिए । यही बीचमा उनीहरूले ट्रम्पको सुपरप्याकलाई विभिन्न नाममा ठूलो चन्दा दिएका थिए । केही चन्दा रूसबाट पनि आएको थियो । 

यही विषयलाई लिएर उनीहरू विरूद्ध साउदेन डिस्ट्रिक्ट अफ न्युयोर्कमा अवैद्य पैसा ओसारपसार र जालसाजीमा मुद्दा परेको थियो ।

यो पनि हेर्नुहोस् 
सेन्सरसिपबाट गुज्रेकी हजुरआमा कथाकी लेखिका अमृताका वृतान्त्त

त्यही मुद्दा पेचिलो बनेपछि उनीहरू जुलियानीसँग सल्लाह गरेर देशबाहिर भाग्ने क्रममा पक्राउ परेको बताइएको छ । उनीहरूको टिकट एकतर्फि भएकाले पनि भाग्न लागेको आशंकालाई बल पुगेको हो । 

अहिले उनीहरू भर्जर्नियाको अलेक्जेण्ड्रियास्थित जेलमा छन् । उनीहरू दुबैलाई १०-१० लाख डलर धरौटी मागिएको छ ।

धरौटी बुझाएर जेलबाट निस्के पनि उनीहरूले पासपोर्ट र यात्रासम्बन्धी सम्पूर्ण कागजाद अदालतमै जम्मा गर्नुपर्ने  हुन्छ । खुट्टामा जीपीएस राखेर छोडिने उनीहरू मुद्दा चलिरहेको साउदेन न्युयोर्क र उनीहरू बस्ने साउदेन टेक्सासबाहेक अन्यत्र जान पाउने छैनन् । 

युक्रेन कनेक्सनसँग जोडिएका यी दुई शक्तिशाली पावर ब्रोकरहरू पक्राउ परेपछि ट्रम्पलाई अरू धक्का लागेको छ । यसले उनीविरूद्ध महाअभियोगको प्रक्रिया चलाइरहेका डेमोक्रेटहरूले अरू शक्ति सञ्चय गर्ने जस्तो देखिन्छ । 

प्रकाशित मिति: : 2019-10-11 04:41:37

प्रतिकृया दिनुहोस्